बलत्कारकाे अाराेपमा एमाले साँसद पक्राउ

बलत्कारको आरोप लागेका नेकपा(एमाले)मुगुका सांसद मोहन बानियाँलाई प्रहरीले पक्राउ गरेकाे छ । उनलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगँञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् । बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।

उनी बिरूद्द बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन । आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । आरोपमा पक्राउ परेका बानियाँ बिरूद्द महिलाकाे उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस