
पाल्पा/पाल्पामा प्रहरीले पत्रकार माथि दुर्ववहार गरेको छ । अाज पाल्पाको सदरमुकाम तानसेनमा रिपोर्टिङमा रहेका पत्रकार र प्रशिक्षार्थी पत्रकार माथि पत्रकार हाैं भनेर प्रेस परिचयपत्र देखाउदा,देखाउदै पनि प्रहरिले जवरजस्ति नियन्त्रणमा लिने प्रयास गरेको छ । अाज सदनबाट MCC सम्झौता व्याख्यात्मक घाेषणा सहित पास गरेको भन्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी,नेकपा(क्रान्तिकारी माअाेवादि),नेपाल कम्युनिस्ट पार्टी (मसाल),राष्ट्रिय जनमाेर्चा,देशभक्त जनगणतान्त्रीक माेर्चा,नेपाल,नेपाल कम्युनिस्ट पार्टी,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेकपा माअाेवादि समाजवादी ६ दल र २ माेर्चाले नेपाल बन्दकाे घाेषणा गरेको थियो । बन्दकर्ताहरुले सडकमा निस्केर शान्तिपुर्ण रुपमा नाराबाजी गर्दै तानसेन तम्घास राेड माथिल्लो प्रेट्राेल पम्प देखि लहरेपिपल क्याम्पस राेड हुदै अान्दोलनचाेकमा काेणसभा गर्ने तयारी भईरहेकाे बेला प्रहरीले लहरे पिपल अदालत अगाडि,क्याम्पस राेड अगाडि राेक्ने प्रयास गरिरहेकाे थियो । क्याम्पस पछाडिको घेरा ताेडेर बन्दकर्ताहरु नाराबाजी गर्दै अान्दोलन चाेक पुगे पछि प्रहरीले घेराहालि बलजफ्ती गरि नियन्त्रणमा लिई हिरासत लगेको छ । पक्राउ पर्ने बन्द कर्ताहरु १) भुवन जि सि,सचिव नेपाल कम्युनिस्ट पार्टी,पाल्पा २) विशाल दर्लामी,अध्यक्ष राष्ट्रिय जनमोर्चा पाल्पा,३)लिला श्रेष्ठ,सचिव नेकपा (क्रान्तिकारी माओवादि) पाल्पा,४) टिकाराम पौडेल,कोषाध्याक्ष राष्ट्रिय जनमोर्चा,५) लंक राना केन्द्रीय सदस्य अखिल (क्रान्तिकारी) पाल्पा,६) सुदिप बिश्वकर्मा संयाेजक अखिल(क्रान्तिकारी) पाल्पा,७) बेद प्रसाद बिश्वकर्मा,उपाध्यक्ष युवा संगठन नेपाल,पाल्पा ७ जनालाई नियन्त्रणमा लिएको छ ।
यस्तै उनिहरुलाई नियन्त्रणमा लिएर गाडी भित्र हालेपछि केही प्रहरीहरुले पत्रकार माथि पनि दुर्ववहार गरि नियन्त्रणमा लिन खाेजेकाे थियो । प्रशिक्षार्थी पत्रकार तथा राताेखबर साप्ताहिक पाल्पा बजार व्यवस्थापक तथा जनपत्रकार संगठन नेपाल पाल्पाका जिल्ला उपाध्यक्ष मनिसा अाले र एकीकृत सम्प्रेषण राष्ट्रिय मासिक एवम् अनलाइन पत्रीकाका रिपाेटर विजय सारुलाई नियन्त्रणमा लिन महिला प्रहरी र केही प्रहरीले कुम समातेकाे थियोे । दुर्ववहार पर्ने पत्रकारहरु जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश काेषाध्यक्ष तथा राताेखबरका रिपाेटर र एकीकृत सम्प्रेषण मासिक र अनलाइन पत्रीकाका प्रधान सम्पादक मुक्ति गैरे,एकीकृत सम्प्रेषण राष्ट्रिय मासिक पत्रीकाका रिपाेटर महेश काम्मु मगर परेका छन् ।