
राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै ६ वटा दलले पाल्पा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । संयुक्त रुपमा गरिएकाे उक्त बिरोध प्रदर्शनमा राष्ट्रघाती MCC खारेज गर,MCC चाहिदैन्, देश बेच्न पाइदैन्, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, बढ्दो महङ्गी नियन्त्रण गर, MCC का दलालहरु होसियार, सम्पूर्ण देश भक्तहरु एक हाेऔं, संयुक्त संघर्ष समिति जिन्दावाद जस्ता नारा जुलुससहित टुडिखेलचोक हुँदै जिल्ला प्रशासन कार्यालय पाल्पा गेटमा गई कोणसभामा परिणत भएको थियो ।
उक्त विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्यायले नेपालमा विकास आयोजनाका रूपमा प्रवेश गरिरहेको एमसीसी परियोजना देश वा राष्ट्रियताको हितमा नभई अमेरिकीहरूको दीर्घकालीन सैन्य रणनीतिको अंग हो र यो हाम्रो देश नेपालका लागि घातक रहेको बताउनु भयो । नेपालको प्राकृतिक सम्पदा,भूगोल,प्राकृतिक स्रोत साधनहरू यूरेनियम,जल र ऊर्जामाथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियता माथि हस्तक्षेप गर्ने उद्देश्य सहित लागु हुन लागेको एमसीसी सम्झौता खारेज हुनुपर्नेमा उहाँले जाेड दिनु भयो । संसदीय दलालहरूले अवलम्बन गरेको राष्ट्र विरोधी एजेन्डाको दीर्घकालीन समाधान गर्न यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गर्नुपर्ने आवश्यकता समेत रहेको बताउनु भयो । सबै देशभक्त न्यायप्रेमी जनता MCC र त्यस्ता देशद्रोही सम्झौताहरू विरुद्धको आन्दोलनमा एकजुट भएर सामेल हुनुपर्ने उहाँले बताउनु भयो ।
प्रदर्शनमा सहभागी प्रदेश साँसद तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तुलाराम घर्ती,राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य साेकुमार कार्की,पूर्व सासंद नेता नेकपा(एकृकित साजवादी)यादव बाहादुर रायमाझी,नेकपा(क्रान्तिकारी माअाेवादि)का जिल्ला ईन्चार्ज टिका राना, राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाका केन्द्रीय सचिव गीता सारू लगायत वक्ताहरुले पनि राष्ट्रिय स्वाधिनता जोगाउन आफूहरु निरन्तर आन्दोलनमा उत्रने बताएका छन् । वक्ताहरूले एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिँदै राष्ट्र रक्षाका लागि आन्दोलनमा लाग्न सबै राष्ट्रवादी युवा विद्यार्थी अाम जनसमुदायलाई आग्रह समेत गरका थिए ।
देशैभर आन्दोलन गर्दै आएका यी दलले अाज देशभरका जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेका छन् । एमसीसी खारेजिकाे माग गर्दै प्रमुख यसको नेतृत्व गरिरहेकाे विप्लव नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी लगायतका ८ दल र अन्य दलहरुले कतिपय जिल्लामा सहकार्य गरेको देखिन्छ । केन्द्रमा भने प्रचण्ड नेतृत्वको माअाेवादि केन्द्र,माधव कुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) र केपि अाेलि नेतृत्वको नेकपा(एमाले) प्रस्ट धारणा बनाएका छैनन् । उनिहरु मध्येकाे नेकपा(माअाेवादि केन्द्र)ले यथास्थिति पास नगर्ने तर संशोधन गरि अाए सर्मथन जनाउई पास गर्ने, नेकपा(एकीकृत समाजवादी) मन्त्री समेत रहेकि रामकुमारी झाक्रि र माधवकुमारले संसद प्रवेश गराउने र टेबुल हुन दिने निर्यण गरेका छन् भने बाबुराम नेतृत्वको समाजवादी पार्टीले पार्टी MCC पास गराउने पक्षमा भाेट हाल्न ह्विप नै जारी गरिसकेको छ,काँग्रेसका गंगन थापा र प्रधानमन्त्रीकाे नेतृत्व गरेका देउवा पास गराउने निर्यणमा पुगि सहमति जुटाउने तयारी गरिरहेका छन् । सरकारले एमसीसी सम्झौतालाई स्वीकृतिका लागि संसदमा पेस गरेको छ । एजेण्डा अहिले संसदमा विचाराधीन छ । आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।