बाँकेमा एमसिसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यलय घेराउ

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ ।

संसदबाट पास गर्न लागिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनिती पार्टी र २ मोर्चाद्धारा बिहिवार जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन सहित घेराउ गरेका हुन् ।

उक्त बिरोध प्रर्दशनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले `सडक बाट सुरु गरेको आन्दोलन सिंहदरबार,सांसद भवन,अमेरिका सम्म पुगेको उनले बताए ।

`एमसिसी खारेज नभए नेपालमा तेस्रो जन आन्दोलन सुरु हुने र उक्त आन्दोलनमा नेपालका प्रधानमन्त्री सहित संसदीय व्यवस्थाको अन्त्य गरि बैज्ञानिक समाजवादको स्थापना गर्दै नेपालमा शिक्षा, स्वास्थ, रोजगारी नि:शुल्क उपलब्ध हुने नेता चलाउनेले बताए ।

उनका अनुसार बैज्ञानिक समाजवादमा किसानहरुको लागी जमिनहरु नि:शुल्क दिने र ठुला उद्योगहरुमा किसान मजदुरहरुको पनि लगानी हुने नेकपा केन्द्रिय सदस्य दिपक चलाउनेले बताएका छन् ।

उक्त बिरोध सभालाई विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीति पार्टी र २ मोर्चाले सम्बोधन गरेको थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस