रुसद्दारा युक्रेन माथि आक्रमणकाे आशंका,युक्रेनमा कार बिष्फाेट

रुसद्दारा युक्रेन माथि आक्रमणकाे आशंका गरिएको छ ।रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कार बम विष्फोट भएको हो । बिष्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ । यो विष्फोटबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन् । यसमा कसको संलग्नता छ भन्ने पनि स्पष्ट भइसकेको छैन् ।

यद्यपि यही बहानालाई लिएर रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ । कुनै देश आफैंले आफ्नो क्षेत्रमा आक्रमण गर्ने र अरु कुनै देशलाई आरोप लगाएर त्यसको बदला लिन भन्दै जवाफी हमला गर्नुलाई ‘फल्स फ्ल्याग’ अभियान भनिन्छ । कार विष्फोट भएको यो घटनामा रुसले युक्रेन जिम्मेवार रहेको बताउँदै आएको छ । साथै रुस समर्थित समूहको नियन्त्रणमा रहेको क्षेत्रबाट बालबालिका र महिलालाई अन्यत्र पठाउन सुरु गरिएको छ विभिन्न समाचार माध्यमहरुले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस