
एमसीसीको विरोधमा देशभर प्रदर्शन भएको छ । विप्लव नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी सहित ६ दलका कार्यकर्ताहरु विराेध प्रदर्शनमा उत्रिएका हुन् । यस्तै काठमाडौंमा उक्त पार्टीको नेतृत्वमा अायाेजित संयुक्त र्यालि माईतिघर मण्डलाबाट नयाँबानेश्वर संसद भवन अगाडि पुगेर काेणसभामा परिणत भएको थियोे ।
प्रदर्शनकारिहरु सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्डहरु बोकेका छन् । प्रदर्शनकारिहरुले देशका प्रमुख शहरहरुमा प्रदर्शन गरेका छन् । पाेखरा,दाङ,रुपन्देही,चितवन लगायतका ठाउँहरुमा विरोधमा उत्रिएका हुन् ।
काठमाडौंमा भने प्रदर्शनकारीहरुलाई प्रहरीले एभरेष्ट होटल निर रोकेको थियोे तर प्रदर्शनकारि घेरा ताेडेर अगाडि बढिरहेका थिए घेरा ताेडेपछि केहीबेर तनावग्रस्त समेत भएको थियो । प्रहरीले बानेश्वरमा उल्लेख्य संख्यामा अाफ्ना प्रहरी खटाएको थियो भने प्रदर्शनकारीहरु माथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरेको थियोे । गत बुधबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो । दर्जनौं घाइते समेत भएका थिए ।
प्रदर्शनकाे प्रमुख नेतृत्व गरिरहेकाे विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले केही बर्षयता एमसिसिकाे विरुद्धमा काठमाडौं जनसभा,विरोध प्रदर्शन,पटकपटक नेपाल बन्द समेतका कार्यक्रम गरिरहेकाे थियोे भने गत भदौ २८ गते काठमाडौंकाे खुलामञ्चमा बृहत् विरोध सभा अायाेजना गरि उक्त सभालाई विप्लवले सम्बाेधन गरि अाैपचारिक रुपमा एमसिसिका विरुद्धमा अान्दोलनकाे कार्यक्रम घाेषणा गरेका थिए । अहिले एमसिसि विरुद्धको अान्दोलन चरम उत्सर्गमा पुगेको छ भने सत्ता पक्ष नेपाली काँग्रेस,माअाेवादि केन्द्र,समाजवादी,एमालेहरु पास गर्न रस्साकस्सि चलाएको भन्दै तिब्र अाक्राेस व्यक्त भईरहेकाे छ ।