
पाल्पा/नेपाल कै पहिलो गुल्मी,रिडि रूरूक्षेत्र धाम पाल्पा,गुल्मी र स्याङ्जालाई जाेडने तीन मुखे झाेलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाल्पा,गुल्मी र स्याङ्जाकाे पवित्रधाम रूरूक्षेत्र रिडिमा कालीगण्डकी नदिकाे बीचमा २५ मिटरकाे भ्यूटावर सहित निर्माण भइरहेकाे झाेलुङ्गे पुल तीन जिल्लाकाे साझा र नेपाल कै पहिलो नमुना झाेलुङ्गे पुल रहेको छ ।
२०७१ साल असार १५ गते ९ कराेड ८८ लाख लागतमा ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरि ठेक्का लिएर काम गरिरहेकाे जेभी,रूविना र मनाले झाेलुङ्गे पुलकाे निर्माणकाे काममा ढिला सुस्ती गरेपछि सञ्चार माध्यमबाट समाचार प्रकाशित भएपछि कामले गति लिदै अहिले झाेलुङ्गे पुलकाे कार्य निर्माण अन्तिम चरणमा पुगेकाे छ ।
पुलले तीनवटै जिल्लालाई जाेड्दै निर्माण भएको पुलकाे लम्बाई एक सय सतहत्तर मिटर लामाे रहेको छ । नेपाल कै पहिलो र नमुना झाेलुङ्गे पुलकाे बीचमा कालीगण्डकी बीचमा पक्की पिलरकाे त्रिकोण भ्यूटावर निर्माण गरिएको छ । निर्माण गरिएको भ्यूटावरमा रेलिङ,भरयाङ्ग सहित लाईटिङ लगाएतकाे काम बाँकी रहेकाे छ । नेपालकाे चारधामकाे रूपमा रहेकाे धार्मिक स्थल रिडीले पाल्पा,गुल्मी र स्याङ्जाकाे विकासलाई टेवा पुर्याउने विश्वास समेत राखिएको छ ।