
काठमाडौं/नेपाली सेनाले सेना दिवसका अवसरमा यहीँ फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डामा वृहत प्रदशन गर्ने भएको छ । यहीँ फागुन १७ गते सैनिक दिवसको अवसर पारेर सेनाले उक्त बहृत प्रदर्शन गर्न लागेको हाे । प्रदर्शनमा सैनिक गतिविधि सम्बन्धित प्रस्तुत गरिने छ । निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेना नायकलगायत तस्वीर,सैनिक व्याण्ड, हातहतियार,उपकरण,पोशाक,खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्र सङ्घीय शान्ति स्थापनामा सेना सहभागिता,विशेष फौज,एकीकरण पदमार्ग जर्गेना,पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैरव वहान गुल्म,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी हाँसिल गर्न सकिने छ । सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजे प्रदर्शनी आयोजना गरिने जानकारी दिइएको छ ।