
सु
फाल्गुन ४,अत्तरिया कैलाली/राष्ट्रघाती भनिएको MCC सम्झौताको विरूद्धमा गरिएकाे १ दिने नेपाल बन्दले अत्तरियामा पनि व्यापक प्रभाब पारेको थियो ।
बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टी कैलालीको गोदाबरी नगर समितिले उक्त बन्द कार्यक्रमलाई सयुक्त जनआन्दोलन जिन्दाबाद , राष्ट्र घाती सम्झौता खारेज गर , MCC चाईदैन , देश बेच्न पाइँदैन , दलालहरु होसियार , भ्रष्टहरु होसियार भन्दै बिहान ४ बजेदेखि साँझको ४ बजेसम्म सडकमा धर्ना दिदै नारा जुलूस गरेका थिए । उक्त जुलुश ४ बजे बजार परिक्रमा गरी अत्तरिया को बीच चौराहामा कोण सभामा परिणत भएको थियो ।
उक्त कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी कैलाली गोदाबरी नगर ईन्चार्ज समुन्द्र थापाले “अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्कीले राष्ट्रघाती र जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी सम्झौता सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेको हुँदा । उक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध , एमसीसी सम्झौको खारेजि को लागि नेपाल बन्द गरिएकाे जानकारी दिँदै । संपूर्ण देश प्रेमी नेपालीहरुको संघर्सपूर्ण आन्दोलनका कारण आजको MCC बिरोध आन्दोलन सफल भए पनि फेरी फागुन ६ गते टेबुल गर्ने भनिएको हुँदा यसका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीको MCC सम्झौता पुर्णरूपमा खारेज नहुँदा सम्म आन्दोलन जारी नै रहनेछ भन्दै । संविधान ,राजनीतिक , संस्कृति, र । प्राकृतिक स्रोतसाधनलाई कब्जा गरि नेपालको संविधान भन्दा माथी बनेर आइरहेको MCC परियोजना नेपालको हितमा नभएको बताउँदै राष्ट्रिय स्वाधीनता, सार्बभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने काम कुनै पार्टी तथा दलको नभई सम्पुर्ण स्वाभिमानी, देश भक्त हरुको दाईत्व भएकोले यस राष्ट्रिय मुक्ति आन्दोलनमा सबैले सहभागी भई आआफ्नो भूमिका निभाउन अपील गरे ।
कोण सभालाई बिश्व जनसांस्कृतिक संगठनका गोविन्दले संचालन गरेका थिए ।
।’बन्दको पूर्व सन्ध्यामा मंगलबार बेलुका राँके जुलुश गरी बन्दको घोषणा गरिएको थियो । सोही अनुरूप बुधबार बिहानै देखी अत्तरिया लगाएत सुदूपश्चिमाञ्चलका संपूर्ण बजार हरु सुनसान र सडकमा पनि गडिकोहरु कुनै चहलपहल थिएन ।