विप्लवकाे MCC विरुद्धको अाजकाे बन्द सफल,MCC सदनमा पेश नगरि अाजकाे बैठक सम्पन्न

विप्लवकाे MCC विरुद्धको अाजकाे बन्द सफल भएको छ । सरकारले MCC सदनमा पेश नगरि अाजकाे संसद बैठक भर्खरै सम्पन्न गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले MCC कार्यसुचि मै नराखि अन्य कार्यसुचि राखेर संसद सुचारू गर्न बाध्य भएका छन् । यसकारण पनि सहजै बुझ्न सकिन्छ कि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ५ दल र एक मोर्चाले आह्वान गरेको नेपाल बन्द सफल भएको हाे । सरकारले एमसीसी टेबल गर्नबाट पछि हटेपछि नेपाल बन्द सफल भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितको माओवादी घटकहरुले आन्दोलन गर्दै नेपाल बन्दको कार्यक्रम गरेपछि सरकार दवावमा पर्याे । सरकार दवावमा परे पछि प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी टेबुल गर्न त्रसित भई पछि हटेका छन् । अाज दिउँसो शुरु भएको बैठकमा एमसीसी संसदमा टेबुल भएन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितको अन्य माअाेवादि घटकले नेपाल बन्द सहित प्रदर्शनकाे कार्यक्रम तिब्र बनाए पछि प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा बाध्य भएर एमसीसी आज टेबुल नगर्ने सहमति गरेका थिए । देउवा र प्रचण्डबीच सो सहमति भएको हो । नेपाल बन्द घाेषणा भएर देशभर विरोध प्रदर्शन शुरु हुन थालेपछि संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

मंगलबार बसेको सत्ता गठबन्धन नेतृत्व समालिरहेकाे काँग्रेसकाे संसदीय दलको बैठकले एमसीसी टेबुल गराएर पास गराउने निर्णय गरेको थियो भने यसबारे सहयोग गर्न सबै दलहरूलाई आग्रह पनि गरेको थियो । अाजकाे संसद बैठककाे कार्युसुचिमा MCC पेश नै नगरि फागुन ६ गते पुनः बैठक बस्ने गरि स्थगित भएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस