पाल्पामा MCC विरुद्ध ६ दलले अायाेजना गरेको नेपाल बन्दकाे प्रभाव

मुक्ति गैरे/माेहन निवाङ,पाल्पा फागुन ४ गते/ पाल्पामा MCC विरुद्ध ६ दलले अायाेजना गरेको नेपाल बन्दकाे प्रभाव परेको छ । MCC सम्झौता विरुद्ध गरिएको अाजकाे नेपाल बन्दमा पाल्पाको तानसेन,रामपुर,रैनादेवि छहरा,माडी,दाेभान,अर्गलिमा पुर्ण रुपमा प्रभाव परेको हाम्रा संवाददाताहरु रामपुरबाट साैरभ रेग्मी र पुष्पा गैरे,दाेभानबाट अस्मिता लम्साल र निर्मला बस्नेत,तानसेनबाट मनिसा अाले,विजय सारु,महेश काम्मु र गाेमनसिंह टाेमटाले जनाउनु भएको छ । अाज विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी,बैधले नेतृत्व गरेको नेकपा(क्रान्तिकारी माअाेवादी),सिपि गजुरेलले नेतृत्व गरेको देशभक्त गणतान्त्रिक माेर्चा,श्रृषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी,अाहुतिले नेतृत्वको गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढा शुसिलले नेतृत्व नेकपा (माअाेवादी केन्द्र समाजवादी) अाज सदनमा MCC टेबुल गरि पास गर्न सरकार अगाडि बढेको भन्दै उक्त सम्झौता नेपाल राष्ट्र र जनताको हितमा नभएको भन्दै अाज संयुक्त रुपमा नेपाल बन्दकाे अायाेजना गरेका हुन् । बन्द प्रभाव देशै भरि परिरहेको छ । कंयाै ठाउँमा ताेडफाेड,गिरफ्तार,अागजनि भएको जानकारि प्राप्त भईरहेको छ भने पाल्पामा अहिलेसम्म कुनै पनि अप्रिय घटना,धरकपकड,गिरफ्तार,अागजानि नभएको जिल्ला प्रहरी कार्यलय,पाल्पाले जनाएको छ भने उता नेपाल कम्युनिस्ट पार्टी जिल्ला कार्यलय,पाल्पाले नेपाल बन्द पाल्पामा शान्तिपूर्ण रुपमा जनताको शक्तिशाली सर्मथनमा सशक्त,प्रभावकारी रुपमा भईरहेको बताएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस