
फाल्गुन ३ पाल्पा/ राष्ट्रघाति एमसीसी विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाल्पाले मसाल जुलुस गरेको छ ।
एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसदबाट पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा पाल्पाले उक्त मसाल जुलुस गरेको छ । पाल्पाको ३ स्थानमा मसाल जुलुस गरेको नेकपाले जनाएको छ ।
राष्ट्रघाती एमसीसी खारेज गर्नु पर्ने माग गर्दै नेकपाले भाेलि ४ गते सशक्त बन्दकाे पुर्वसन्ध्यामा देशभर आज मसाल जुलुस गरेको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार