
२७ औ जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण नेपालीमा हार्दिक शुभकामना साथै सम्पुर्ण सहिदहरुलाई हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धा तथा घाइते अपांगहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।
आर्थिक तथा सामाजिक विभेदको अन्त्य,गणतन्त्रको स्थापना र नयाँ नेपाल निर्माणको योजना बोकेर तत्कालीन नेकपा(माओवादी)ले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्ध अन्त्य भई शान्ति प्रक्रियामा प्रवेश गरेको समेत १७ वर्ष पुगिसकेको छ अर्थात् माओवादी सशस्त्र युद्ध सुरु गरेएता मुलुकले २७ औं वर्ष पार गरिसकेको छ । एकातर्फ मुलुकले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र जस्ता उपलब्धि हासिल गरिसकेको छ भने अर्काेतर्फ मुलुक इतिहासकै सबैभन्दा कठिन परिस्थितिबाट गुज्रिरहेको छ । यस अवधिमा माओवादी पार्टी मुलुककै ठूलो पार्टी हुदै दोस्रो संविधानसभा निर्वाचनबाट तेस्रो दलमा सीमित समेत भइसकेको छ भने पार्टीमा टुटफुट सामान्य जस्तै बनिरहेको छ । हाल मुलुकमा स्थापित राज्यव्यवस्था र प्राप्त उपलब्धिहरुमै पनि विगतमा एउटै मैदानबाट युद्ध लडेका माओवादीबीच एकमत छैन भने माओवादी जनयुद्धका तत्कालीन एजेण्डा र हाल प्राप्त उपलब्धि बिचमै पनि माओवादी आन्दोलनका सारथीहरुबीच मतभेद देखिदै आएको छ ।
जनयुद्धले गरिव, दुखी, निमुखा, महिला,सुकुम्बासी, दलित भनेर हेपिएकालाई अगाडि ल्याउनको लागि पनि यसमा माओवादी आन्दोलनको मुख्य भुमिका छ । तर बिगतका बर्षहरु देखि आजको दिन सम्म आउदा देशले के पायो .? दलाल, चोर , भ्रष्टहरु दिन प्रती दिन बडि हुँदै गरको देख्न पाइन्छ । आज भोलि देशमा राजनिती कलहले गर्दा हाम्रो देशलाई छिमेकी देशले विभिन्न निउमा हेप्ने, सिमा मिच्ने प्रबिधि दिन प्रतिदिन बढी हुँदै गएको छ । गरिव को ढाड सेक्ने गरि विभिन्न अति आवश्यक सामानहरुमा महङ्गी बढीरहेको छ । स्वास्थ, शिक्षामा अनियमिता पनि झन आकाशिएको छ । अहिलेको सन्दर्भमा झन देशमा MCC जस्तो रास्ट्रघाती सम्झौता को पक्षमा उभिएको केही दलहरुले नेपाललाई अमेरिकी साम्राज्यवादलाई बुझाउन खोजेको छ । तर माओवादी आन्दोलनले के देशमा MCC र अन्य रास्ट्रघाती सम्झौताहरु देशको लागि सुहिकार छैन् । सहिद परिवार ,बेपत्ता र घाइते अपांग परिवारको मलमपट्टि बन्नको लागि फेरि टुट्फुट भएका माओवादीहरु आफुले गरेको गत्ली सुहिलारेर अब नयाँ कार्यदिशा बनाएर आफुले आत्मसात गरेर नयाँ बाटोमा अघि बढी पनि अनुरोध गर्दछु । जादा जाँदै माओवादी जनयुद्ध लडेर अहिले सतामा भएका र टुट्फुट भएर विपक्षमा भएका सबैले माओवादी आन्दोलनको २७ बर्ष पूरा हुँदै गर्दा देशले के पायो यस्को उतर दिन पनि अनुरोध नि गर्दछु ।
धन्यवाद ।
वीर सहिद लाल सलाम !
वीर सहिद अमर रहुन !