युवा संगठन नेपाल डोटीद्वारा प्रधानन्त्री शेर बहादुर देउवा लगायतका नेताहरुको पुत्ला दहन

डोटी । युवा संगठन नेपाल डोटीद्वारा दिपायलको पिपल्ला बजार ट्राफिक चोकमा प्रधानन्त्री शेर बहादुर देउवा पूर्व प्रधानन्त्रीहरु केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड,बाबुराम भट्टराई र एम.सि.सि.परियोजना उपाध्यक्ष फतिमा सुमारको पुत्ला दहन गरिएको छ । एम.सि.सि.परियोजना नेपालमा लागु गरेर देशलाई युद्धको थलो बनाउन र राष्ट्रियता धरापमा पार्न खोजिएको हुदा ति दलालहरूको पुत्ला दहन गरिएको युवा संगठन नेपाल डोटीका अध्यक्ष सुशिल मलासीले जानकारी गराएका छन ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस