
दाङ,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङको छैठौं पुर्ण बैठक सम्पन्न भएको छ।
घोराहीमा माघ २८-२९ गते दुइदिनसम्म चलेको बैठकले ऐतिहासिक २७औ महान जनयुद्ध दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ।
बैठकले फागुन १ गते ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा बिहान टीका आवरण,शुभकामना आदानप्रदान,दिउँसो उत्सबका रुपमा मनाउने लगाएत सोही दिन साझ जिल्ला अन्तर्गतका मुख्य शहर केन्द्रित चोकहरुमा दिप प्रज्वलन तथा कोणसभा मार्फत शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले जनयुद्ध दिवसको अवसरमा जिल्ला अन्तर्गतका पालिकाहरुमा पार्टी र पार्टी निकट संयुक्त जवस/मोर्चाको आयोजनामा विभिन्न रचनात्मक कार्यक्रमहरु बिबिध खेलकुद प्रतियोगिता,अन्तर्क्रीया कार्यक्रम,शहिद बेपत्ता तथा घाइते योद्धाहरुको घरघरमा पुगेर शुभकामना आदानप्रदान गर्ने,शुभकामना सभा सहित संगठनात्मक काम गर्ने नेकपाले जनाएको छ।
नेकपाको ऐतिहासिक छैठौं बैठकले फागुन १४ गतेदेखी २१ गतेसम्म सहिद सप्ताह समेत मनाउने निर्णय गरेको छ। दिप प्रज्वलन,सहिद,बेपत्ता तथा घाइते योद्धा परिवारलाई अभिनन्दन गरेर सहिद सप्ताह मनाउने निर्णय गरेको छ।
बैठकले फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने समेत निर्णय गरेको जनाइएको छ।
यस्तै बैठकले राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध प्रदर्शन,भण्डाफोर,वालिङ,कोणसभा लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको छ। साथै महंगी,कालोबजारी,भ्रष्टाचारी,सा माजिक बिकृती,बिसंगती एवम बेथितिका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ।
छैठौं पुर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले पार्टी विरुद्ध प्रतिक्रियावादीहरुले अनेक ढंगले हमला गर्न खोजिरहेको जिकिर गर्नुभएको थियो। उहाले पार्टी जनतामाझ लोकप्रिय र जनप्रीय बन्दै गएपछी अत्तालिएर प्रतिक्रियावादीहरुले जनतामा विभिन्न भ्रमहरु छरेको दाबी गर्नुभयो।
नेता शितलले केही समयअघि पार्टी प्रवक्ताको भ्रमपुर्ण समाचार केही साम्राज्यवाद, प्रतिक्रियावादीहरुका डलर भजाउने मिडियाहरुले नियोजित र योजनाबद्ध ढंगले भ्रमपुर्ण प्रचारबाजी गरेकोप्रती पार्टीपंक्ति लगाएत आम जनसमुदाय भ्रमित नहुन आग्रह समेत गर्नुभएको थियो।
उहाले स्पष्ट राजनीतिक एजेन्डा नभएका संसदवादी राजनितीक दलका भिजिलान्तेहरुको जुनसुकै षड्यन्त्रको भ्रममा नपर्न समेत आग्रह गर्नुभएको थियो।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिनले एकीकृत जनक्रान्ती मार्फत दलाल पुजीवादी सत्तालाइ निषेध सम्भव रहेको बताउनुभएको थियो। उहाले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तीबाट मात्रै सम्भव भएको समेत बताउनुभएको हो। नेपालको राष्ट्रियतामाथी साम्राज्यवादिको हस्तक्षेपका विरुद्ध आफुहरुको पार्टीले निरन्तर संघर्ष गरिरहेको समेत जिकिर गर्नुभयो।
बैठकमा अतिथि नेकपा बिशेष कमिटी सदस्य द्वय बिक्रम र सम्झना, युवा संगठन नेपालका केन्द्रीय सचिव तिलकले सुझाव सहित अनुभूति मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिन, नेकपा बिशेष कमिटीका सदस्य द्वय सम्झना, बिक्रम,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,केन्द्रीय सचिव तिलकको आतिथ्य रहेको थियो।
छैठौं पुर्ण बैठकको अध्यक्षता तथा संचालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गर्नुभएको थियो ।
यसै पुर्वसन्ध्यामा अाजै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले २७ औं जनयुद्ध दिवसको पुर्वसध्यामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
संगठनले आज शनिबार घोराहीको तुलसीपुर चोकमा सो कार्यक्रम सम्पन्न गरेको हो।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेशको इञ्चार्ज दिपक विष्टले संगठनको केन्द्रीय कार्यक्रम अनुरुप जनयुद्ध शुरु भएको २६ वर्ष पुरा भएर २७ औं वर्षमा प्रवेश गरेको पूर्वसन्धमा दिप प्रज्ज्वलन कार्यक्रम गरेको बताए।
नेता बिष्टले सम्मान,सम्झना र प्रतिबद्धताको ऐतिहासिक दिनको अवसरमा आम क्रान्तिकारी बिद्यार्थी,नेता-कार्यकर्ता,एवम आम जनसमुदायप्रती हार्दिक शुभकामना व्यक्त गरेका थिए। उनले २७औ महान जनयुद्धको अवसरमा जनयुद्धका अधुरा कार्यभारहरु पूरा गर्न र नेपाली जनताको सदियौदेखिको आकांक्षा वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
उनले १० वर्षे जनयुद्ध एक तहसम्म सफल भएतापनि सहिद, वेपत्ता तथा घाइते योद्धा र आम युवाहरुको सपना साकार नभएको हुँदा फेरि अर्काे आन्दोलनको आवश्यकता भएको प्रष्ट पारेका हुन।
कार्यक्रमणको सहजीकरण अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज अम्मर खड्काले गरेका थिए ।
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार