दीप प्रज्वलनमा अनेमसंघ क्रान्तिकारी जिल्ला अध्यक्ष उषा पाठक, नेकपा नेता योगेन्द्र यादव, अखिल (क्रान्तिकारी) का उपाध्यक्ष पारस राहादी मगर, मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष राजु खान, पार्टीका एरिया सदस्य, पार्टी सदस्य एवं शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी युवा संगठन नेपाल रुपन्देहीले हाटीअमुवामा मसाल जुलुस गरेको छ । मसाल जुलुसको नेतृत्व संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही अध्यक्ष सन्तोष सुवेदीले गरेका थिए भने जिल्ला उपाध्यक्ष भक्त थापा मगर लगायत, पार्टी एसीएम, सदस्य र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
२०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध घोषणा गरेको थियो । १० वर्षसम्म चलेको जनयुद्धमा तत्कालीन अध्यक्ष प्रचण्ड, बाबुरामले शान्ति सम्झौतामार्फत् संसदीय व्यवस्थामा पतन गराएपछि क्रान्तिकारी धारको नेतृत्व गर्दै महासचिव विप्लवको नेतृत्वमा नेकपाले हरेक वर्ष जनयुद्ध दिवस मनाउदै आएको छ ।
फागुन १ गते नेकपा रुपन्देहीले सैनामैनाको दरखासीमा २७ औं जनयुद्ध दिवस मनाउने तयारी गरेको छ ।

२७ औं जनयुद्धको पूर्व सन्ध्यामा रूपन्देहीमा मसाल जुलुस र दीप प्रज्वलन गरिएको छ । भैरहवा सिद्धार्थ नगरपालिकाको मिलनचोकमा अखिल (क्रान्तिकारी) ले दीप प्रज्वलन गरेको हो ।
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार