जनयुद्ध दिवसको पुर्व सन्ध्यामा कोहलपुरमा दिप प्रज्वलन

बाँके/ २७ औं जनयुद्ध दिवसको पूर्व सन्ध्यामा सनिवार साँझ कोहलपुरको चौराहामा दिप प्रज्वलन गरिएको छ।

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट मुलुक परिवर्तनका लागि सुरु गरेको सशस्त्र युद्धको स्मरण गर्दै आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दिप प्रज्वलन कार्यक्रम गरेको हो।

नेकपा बाँके जिल्ला सेक्रेटरी अनिल खड्काले मनबत्ती बालेर कार्यक्रमलाई सम्बोधन गर्दै उनले
`राजतन्त्र अन्त्य गर्न र सर्वहारा जनताको मुक्तिका लागी विद्रोही माओवादीले १० वर्षे जनयुद्ध जारी गरेको बताए। जनयुद्धको क्रममा १७००० मानिसहरूले ज्यान गुमाउनु पर्यो। जनयुद्धका महान योद्धाले गर्दा आज नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएको जिल्ला सेक्रेटरी खड्काले बताएका छन। उनले जनयुद्ध दिवसका दिन महान योद्धाहरुलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने बताए ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस