
बाँके,अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी )राष्ट्रघाँटी सम्झौता अनुमोदन गरेको पत्र प्रती विप्लव नेतृत्वको युवा संगठन नेपाल,बाँकेले आज प्रधानमन्त्री शेर बहादुर देउवा, पुष्पकमल दाहल (प्रचण्ड) , केपि शर्मा ओलि, बाबुराम भट्टराई, अमेरिकी राष्ट्रपति जो वाइडेनको संख फुकेर पुत्ला दहन गरेको छ।
उक्त पुत्ला दहन कार्यक्रममा सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय सदस्य विष्णु जि.सि ले
`प्रधानमन्त्रीले शेर बहादुर देउवा, प्रचण्ड लगाएतका शिर्ष नेताहरूले एमसिसी सम्झौताको लागि लिखित अनुमोदन गरेको पत्र प्रती हामी युवा संगठनहरु सडकमा आन्दोलनको संघर्ष गर्दै आएको उनले बताए।
(एमसिसी) ले नेपालको भौगोलिक अखण्डता र नेपाली जनताको हक अधिकार संकटमा पार्ने निश्चित छ । यदि नेपालमा एमसिसी लागू भयो भने नेपाल अफगानिस्तान, सिरिया जस्तै बन्न पुग्नेछ । यसका विरुद्ध युवा संगठन नेपाल जनताको हकहितका लागी निरन्तर आवाज उठाउदै आएको र यदि एमिसिसी खारेज नभएको खण्डमा हामी थप आन्दोलन जारी गर्ने केन्द्रिय सदस्य जि.सि ले जानकारी दिएका छन।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेशसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ ।