
कैलाली,नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्ला समितिले राजनीतिक पूर्वाग्रहका कारण अनाहक ढङ्गले सरकारको सुरक्षा प्रशासन द्धारा गिरफ्तार गरिएका नेकापा कैलाली जिल्ला समितिका सदस्य तथा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य पहल पुनलाई येथा सिघ्र रीहा गर्न र धर पकड़को आतंक नफैलाउन, सरकार र नेकपा (बिप्लव) बिच भएको ३ बुँदे सहमतिको उलङ्घन नगर्न राज्य प्रशासनलाई आग्रह गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्ला समितिले बिहीबार जरिगरेको प्रेस विज्ञप्ति अनुसार भ्रष्टचार र अनियमितता गरेको आरोपमा केहि दिन पहिले कैलालीको भजनी ईलाकाका बन अधिकृत बिश्शो राज पण्डितलाई जनतले कालोमोसो दली जनकारवाही गरेको घटनालाई लिएर कांग्रेस निकट कर्मचारी सङ्गठनले नेकपा बिरुद्ध प्रहरी प्रशासन माथी दबाब हालिएको हुँदा प्रहरीले नेकपा कैलालीका जिल्ला स्तरिय नेता कार्यकर्ता हरुलाइ खान तलासी गर्ने र गिरफ्तार गरेर आतङ्कित पार्ने गरेको हुँदा यस्तो प्रकारको राज्यको गलत रवैयाको घोर निंदा गर्दै यस्तो धरपकडको आतंक मच्चाउँदै गए नेकपा पनि सशक्त आन्दोलनमा जान बाध्य हुनेछौं भन्दै सरकारलाई चेतावनी पनि दिएका छन् ।
प्रेश विज्ञप्तिमा भनिएको छ _जनताको कर पसिनामा जागिर खाने अनि उल्टै आफ्नो गलत कर्तुतहरुलाई ढाकछोप गर्न हाम्रो पार्टी माथि चन्दाको आरोप थोपर्ने संसदीय राजनीतिको आवरणले ढाकिएका केही भ्रष्ट कर्मचारी र सामुदायिक वनको नाममा जनताको प्राकृतिक सम्पत्ति माथि ब्रमलुट मच्चाउने भ्रष्ट वन पदाधिकारीलाई वैज्ञानिक समाजवादको महान लक्ष्य बोकेको हाम्रो पार्टीसंग तथ्य सहित खुला बहसमा आउन चुनौती सहित यहीँ प्रकारको पार्टी बिरोधी गतिविधि रहेमा यसको उचित जवाफ दिने चेतावनी पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौ। साथै राजनीतिक पुर्वाग्रहका कारण गिरफ्तार गरिएका कमरेड पहल पुनलाई यथासिघ्र रिहाइ गर्न र थप धरपकडको आतंक नफैलाउन, सरकार र हाम्रो पार्टीका बीचमा भयको ३ बुदे सहमती को उलंघन नगर्न राज्य प्रशासनलाई आग्रह सहित यसलाई बेवास्ता गरिएमा पार्टी ससक्त आन्दोलनमा जान बाध्य हुने कुराको जानकारी पनि गराउदछौ ।
प्रेश विज्ञप्तीको पूर्ण अंश :