
अाज नेपाल कम्युनिस्ट पार्टीका लमजुङ जिल्ला सचिव अाक्राेसले अाफ्नाे पार्टी सफल हुने १३ बुदे नीति सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । उनलेे सामाजिक संन्जाल फेसबुकमा पाेष्ट गर्दै अाफ्नाे पार्टी यसकारण सफल हुन्छौं भनेका छन् । उक्त सफल १३ बुदे नितिलाई उल्लेख गर्दै लेखिएको जस्ताको त्यस्तै तल
“हामी यसकारण सफल हुन्छौं
एकीकृत जनक्रान्तिको रणनीतिक कार्यनीति र भावी वैज्ञानिक समाजवादको मार्ग चित्र !
१- पार्टीको नाम – नेपाल कम्युनिस्ट पार्टी
२- पार्टीको नेतृत्व – नेत्र बिक्रम चन्द “विप्लव”
३- पार्टीको विश्व दृष्टिकोण – द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद
४- पार्टीको मार्गदर्शक सिद्धान्त – माक्र्सवाद-लेनिनवाद-माअाेवाद
५- पार्टीको कार्यदिशा – एकीकृत जनक्रान्ती
६- पार्टीको राजनीतिक रणनीति – वैज्ञानिक समाजवाद
७- पार्टीको राजनीतिक कार्यनीति – जनसरकार
८- पार्टीको फौजी रणनीति – एकीकृत सैन्य रणनीति
९- पार्टीको फौजी कार्यनीति – तयारी
१०- हाम्रो पार्टीको वैज्ञानिक समाजवादको एकीकृत राजनीति – उत्तर साम्राज्यवाद र दलाल पुँजीवाद बिरोधि शक्तिको सँयुक्त शासन अथवा अधिनायकत्व
११- पार्टीको अर्थनीति (क) जनतालाई रोजगारीको ग्यारेन्टी सहित क्षमता अनुसारको काम र काम अनुसारको दाम (ख) कार्यकर्तालाई रोजगारीको ग्यारेन्टी सहित क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दाम (ग) नेतृत्वलाई क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दाम तर निजि सम्पत्ति राख्नबाट वन्चित (घ) उत्पादनका साधन माथि राज्यको स्वामित्व
१२- वैज्ञानिक समाजवादको राष्ट्रिय निति – जातीय
१३- वैज्ञानिक समाजवादको संस्कृति – जनवादी”