नेकपा कास्कीद्दारा नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यलय घेराउ

नेपाल कम्युनिस्ट पार्टी कास्कीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा पोखरा महानगरपालिका पावर हाउस नजिक रहेको नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यलय घेराउ गरेको छ ।

बर्षातको प्रवाह नगरी उपस्थित नेकपा कास्की अन्तर्गतका विभिन्न जनवर्गिय संगठनहरुको उपस्थितिमा आयल निगमको कार्यलय घेराउका साथै विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त जवसको केन्द्रिय कार्यक्रम अनुसार १० देखि ११ बजेसम्म पानीमा रुझ्दै नाराबाजी गरेर विरोध प्रदर्शन गरेका हुन् ।

जनताको आधारभूत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ ।

उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल , कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन् ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस