पत्रकारले बस यात्रा नि:शुल्क गर्न पाउने

बसमा यात्रा गर्दा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने भएका छन् । नेपाल पत्रकार महासंघ डोटी शाखाले बिहीबार नगरप्रमुखलाई नगरबसमा भाडा छुट गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । महासंघले नगरबसमा भाडा छुट,पत्रकारहरूको क्षमता अभिवद्धि तालिम लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै परिचयपत्र बोकेका क्रियाशील पत्रकारहरुलाई आजकै मितिबाट नगरबसमा गाडी भाडा छुट गरिने नगरप्रमुख मञ्जु मलासीले बताइन् ।
महासंघका अध्यक्ष मोहन शाहीले बुझाएको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख मलासीले परिचयपत्र बोकेका पत्रकारहरुलाई नगरबसमा आजैबाट नि:शुल्क गरिने बताइन् । यस्तै उता शिखर नगरपालिकाले पनि नगरबस सञ्चालनमा ल्याएको दिन देखिनै पत्रकारहरुलाई नि:शुल्क गरेको थियो ।

दिपायल सिलगढी नगरपालिकाको नगरबस दिपायल देखि सिलगढी सम्म सञ्चालनमा छ भने शिखर नगरपालिकाको नगरबस डोटी र डडेलधुराको सीमा कोरालखोला देखि दिपायल सम्म सञ्चालन गरिरहेको छ । उक्त रुढमा संचालित यातायातमा पत्रकारलाई निशुल्क हुनेछ । नगरपालिकाहरुले पत्रकारहरुलाई बसमा छुट गरेपछि व्यक्तिगत यातायातका साधन नभएका पत्रकारहरुलाई समाचार सङ्कलनमा जान सहज हुनेछ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस