
तानसेन,०७८/१०/१९ गते,नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय संगठनहरुकाे संयुक्त प्रदर्शनमा अाज पाल्पाको तानसेन अान्दोलन चाेकमा काेणसभा सम्पन्न भएको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्दि गरि जनताको जिवनस्तर अस्तव्यस्त गराएको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुले उक्त काेणसभा सम्पन्न गरेको हाे । काेणसभालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य मीन बहादुर अाले “नेपाल” ले सरकारले चुनावी खर्च जुटाउन पेट्रोलियम पदार्थको मुल्यवृद्दि गरेको बताउनुभयो । साथै उहाँले पेट्रोलियम पदार्थको मुल्यवृद्दिबाट उद्योगी व्यापारी अाम नागरिक र विद्यार्थीहरुलाई प्रत्यक्ष असर परेको समेत बताउनुभयो उक्त मुल्य वृद्धिले सबै तिर प्रभाव पार्ने भन्दै मुल्यवृद्दि फिर्ता लिन समेत सरकार सित माग गर्नु भयो । उहाँले मुल्यवृद्दि फिर्ता नलिए अाँफुहरुले सशक्त संघर्षका कार्यक्रम घाेषणा गर्ने समेत चेतावनी दिनु भयो । उक्त कार्यक्रममा युवा संगठन नेपाल पाल्पा जिल्ला समिति उपाध्यक्ष वेद प्रसाद विश्वकर्मा लगायतका नेताहरूकाे उपस्थिति रहेको थियोे ।