जनपत्रकार संगठन नेपाल,बाके द्वारा पत्रकार महासंघलाई ७ बुदे ज्ञापनपत्र

बाँके/जनपत्रकार संगठन नेपाल, जिल्ला समिति बाके द्वारा पत्रकार महासंघ बाकेको शाखालाई ७ बुदे ज्ञापनपत्र बुझाएको छ। मंगलबार जनपत्रकार संगठन नेपाल , बाकेका अध्यक्ष कमल अधिकारीले महासंघका सचीव कमल डागिंलाई पत्रकार महासंघले मर्यादित, अनुशासित र जिम्मेवार बन्न विभिन्न मागको पहल गरिदिनु हुन आग्रह गरि ज्ञापनपत्र बुझाएको थियो।

महासंघ बाकेका सचीव कमल डांगिले महासंघको हितमा रहेका जायज मागहरुको सम्बोधन गर्न र सस्थागत रुपमा पहल चाल्ने बताउनु भयो। साथै उनले कतिपय मागहरू पूरा भैसकेको र पूरा नभएका कामहरू पुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे। साथै उनले जनपत्रकार संगठनका पदाधिकारीहरुलाई महासंघको सदस्यता लिनुपर्ने कुरामा जोड दिएका छन।

महासंघ बाकेलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन जनपत्रकार संगठन नेपाल, जिल्ला समिति बाकेले तपशिल बमोजिममा ज्ञापनपत्र पेश गरेकाे छ ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस