नेपाल पत्रकार महासंघ सुदुरपश्चिम र कैलाली शाखालाई जनपत्रकार संगठन नेपालले बुझायो ज्ञापन पत्र

कैलाली : जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति कैलालीले मर्यादित ,अनुशासित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ सुदुरपश्चिम शाखा र कैलाली शाखा लाई १४ गते शुक्रबार ज्ञापन पत्र बुझाएको छ । महासंघ सुदूपश्चिम प्रदेश शाखा सचिव हरी जोशीले ज्ञापन पत्रमा उल्लेख गरिएका बुँदाहरू पत्रकार हरुकारहरुका हकहितका लागि भएको र यी मागहरूलाई संसोधन गर्न यजेण्डा बनाई संस्थागत रूपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यसैगरी पत्रकार महासङ्घ कैलाली शाखा का अध्यक्ष हिमाल जोशीले ज्ञापन पत्रमा उल्लेख गरिएका बुँदाहरू जायज र श्रमजीवी पत्रकारहरुका हकहितका लागि भएकोले उक्त मागहरूलाई संसोधन गर्न महासङ्घ सधैं प्रतिबद्ध रहने
बताए ।

ज्ञापनपत्रमा उल्लेखित ५ बुँदाहरू निम्मन अनुसार छन् :

१) श्रमजीवी पत्रकारहरूको न्यूनतम् पारिश्रमिक, पेसागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिड १९ का कारण रोजगार गुमाएका सञ्चारकर्मीको पुनस्थापन, राहत र स्वास्थ्य उपचारको लागि पहल गरियोस् । २) महासंघका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाइयोस् । पत्रकारिता गरिरहेका पेसागत पत्रकारहरूको सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चितता गरियोस् । ३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् । ४) समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् । ५) पत्रकारहरूको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

उक्त ज्ञापनपत्र जनपत्राकर संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापा, धर्म बिक , राजन जैगडी, भरत दास , पुष्पा साउद को उपस्थितिमा बुझाइएको थियो ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस