नेकपा कैलालीको गोदाबरी नगर कमिटीको आठौं पूर्ण बैठक सम्पन्न

माघ ७,कैलाली /नेपाल कम्युनिस्ट पार्टी कैलालीको गोदाबरी नगर कमिटीको आठौं पूर्ण बैठक नगर सेक्रेटरी रुपलाल देउकरको अध्यक्षतामा गोदाबरी नगरपालिका ०६ स्याउलेमा सम्पन्न भएको छ ।

उक्त बैठकमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा प्रमुख अतिथि ओम प्रकाश पुनले नेपालमा बढेको पेट्रोलियम मूल्य वृद्धिले ढुवानीमा बृद्धि भई जनताहरुको उपभोग्य सामाग्रीको मुल्य बृद्धि र त्यस बाट गरीब हरूले भोग्नु पर्ने समस्या हरुलाइ औंल्याउँदै यसका बिरुद्ध आवाज उठाउनु पर्ने बताएका छन् । स्वास्थ, शिक्षा ,रोजगार, र बसोबासको व्यवस्था गर्न नसक्ने राज्य व्यवस्थालाई हटाएर सुकुम्बासी विहिन राष्ट्र , निःशुल्क स्वास्थ्य उपचार, समान शिक्षा प्रणालीका लागि दलाल संसदिय व्यवस्थालाई हटाएर बैज्ञानिक समाजवाद स्थापना गर्ने नेपाल कम्युनिस्ट पार्टीको लक्ष्य रहेको उनले बताए र उक्त वैज्ञानिक समाजवाद अहिले हाम्रो पार्टीले जनमत संग्रह मार्फत शान्तिपूर्ण तरिकाले स्थापना गर्ने भन्ने छ । सबै जनताले संसदीय चुनाव नभई राजनीतिक व्यवस्था चुन्ने जनमत संग्रहका लागि संघर्स गर्न नेता पुनले अपिल गरे ।

उक्त बैठकमा प्रमुख अतिथि केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओम प्रकाश पुन,अतिथिहरुमा जिल्ला पार्टी सचिवालय सदस्य समुन्द्र ,अखिल नेपाल शिक्षक संघका जिल्ला ईन्चार्ज लल्लन चौबे, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष महेश पताली लगायत को उपस्थिति रहेकाे थियो । कार्यक्रम सञ्चालन नगर सेक्रेटरी रुपलाल देउकरले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस