
काठमाडौं,०७ गते,चीनले अघोषित रुपमा नाकाबन्दी लगाएको छ । नाकाबन्दी लगाएपनि चिन यसलाई मान्न तयार छैन् । उसले कोरोना भाइरसको जोखिम भन्दै जवाफ दिइसकेको छ । १३ जनवरीमा प्रेस विज्ञप्तिमार्फत् चिनियाँ राजदूतावासका प्रवक्ताले महामारीका कारण देखाएको हो । उसले एकतर्फी नेपालमा सामान पठाउन दिइएको भन्दै कोरोना भाइरसको महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको भन्दै कूटनीतिक जवाफ दिएको छ । तर चिनले अहिलेको सत्ताबाट खुशी नभएको सन्देशहरु दिइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनले रुचाएका नेता होइनन् । देउवा प्रधानमन्त्री भएलगत्तै हुम्लामा चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन भई प्रतिवेदन नै तयार भएको छ । यसकारण पनि चीन देउवा सरकारप्रति आश्वस्त हुन सकेको छैन । अर्कोतर्फ एमसीसी रोक्न चीनले विभिन्न रणनीति लगाएर दबाब बढाइरहेको छ ।सीमानाकामा कडाई गरेर चीनले नेपालको अर्थतन्त्रमा ठूलो असर पारिदिएको छ । चीनबाट आयात हुने सामानको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ । कतिपय सामान अभाव भइसकेका छन् ।