मधेसी महिलाबाट पहिलो डिआइजी पुँजा सिंह

मधेसी महिलाबाट पहिलो डिअाईजि पुँजा सिंह बढुवा भएकि छिन् । भर्खरै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पूजा सिंहको बढुवा गरेकाे थियोे ।

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय छिन् । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहलाई प्रहरी डिआइजीमा बढुवा गरेको थियो । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् सिंह यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन् । सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन् । सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन् । सिंहले महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन्।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस