अत्याधिक बहुमतका साथ नेकपा(एमाले) स्याङ्जाकाे अध्यक्षमा गैरे निर्वाचित

हिजो सम्पन्न नेपाल कम्युनिस्ट पार्टी(एमाले)जिल्ला समिति स्याङ्जाकाे कार्यसमितिकाे लागि भएको निर्वाचनमा सुर्य प्रकाश गैरे कमरेड पारसले दुई तिहाइ बहुमत ल्याई अत्याधिक मतले विजयी भएका छन् । उनलेे आठौं जिल्ला अधिवेशनमा जम्मा मत ६९८ मध्य ४४० मत सहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासि नारायण मरासिनीले २५७ ल्याएका थिए । गैरे तत्कालीन दस बर्षे जनयुद्धका नेता समेत हुन् । उनी माअाेवादि पार्टी भित्र पनि निकै लाेक प्रिय नेता मानिन्थे । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विभाजन भए पछि उनलेे प्रचण्ड समुह छाडेर नेकपा(एमाले)मा रहेर काम गरिरहेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस