
नेपाल कम्युनिस्ट पार्टी(मसाल) निकट युवक संगठन नेपालका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे नेपाल कम्युनिस्ट पार्टी(माअाेवादि केन्द्र)मा प्रवेश गर्नु भएको छ । उहाँ माअाेवादि केन्द्रकाे काठमाडौंमा जारि महाधिवेशनमा प्रवेश गरि बन्द सत्रकाे हलबाट केन्द्रीय सदस्यमा समेत उमेदवारि दिई निर्वाचित पनि भईसक्नु भएको छ । नेकपा मसाल भित्र अान्तरिक संघर्षले उत्सर्ग लिईरहेकाे बेलामा उक्त पार्टी निकटका संघ संगठनका केन्द्रीय अध्यक्ष देखि विभिन्न तहमा कार्यरत नेताकार्यकर्ताहरुले पार्टी छाडि राजिनामा दिने,अन्य पार्टी प्रवेश गर्ने,विभिन्न विचार समुह बनाएर विद्रोह गर्ने क्रम चलिरहेको छ । यस भन्दा केही महिना अगाडि तीन समुहले विद्रोह गरि अन्य पार्टी प्रवेश गरेका छन् भने उक्त पार्टीको पत्रकार संगठनका केन्द्रीय अध्यक्ष उदय जियमले केही दिन अगाडि राजिनामा दिएर बस्नु भएको छ । उहाँ नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँ अहिलेसम्म राजिनामा दिएर खुलेर कतै प्रवेश भने गर्नु भएको छैन् ।