
बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते हुनु भएको छ । बिहान लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।
अहिलेसम्म स्थानीय तथा प्रहरी मिलेर उद्दार गरिरहेका छन् । बसमा सवार १६ जना घाइते मध्य ६ जना गम्भीर भएका छन् । घाइतेहरुलाई युनाइटेड अस्पताल मिसन,तानसेन र लुुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भईरहेकाे छ भने केही घाइतेको अवस्था सामान्य रहेको छ । दुर्घटनामा पर्नु भएका मृतक,घाइतेहरुकाे सनाखत भएको छ । बसमा करिब ३५ जना मलामी रहेको बताइएको छ । प्रहरीले पठाएको जस्ताको त्यस्तै सनाखत भएका घाइते र मृतकहरुकाे नामावली निम्न छ ।
प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार