मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रीय संयोजकमा वुटवलका ध्रुव आचार्य चयन हुनु भएको छ । एकेडेमीको हिजो १३ औंं स्थापना दिवसकाे अवसरमा शनिबार राजधानीमा आयोजित स्थापना दिवसको अवसर पारि गरिएको साधारणसभाबाट अाचार्यकाे नेतृत्वमा २५ सदस्यीय समिति चयन भएको छ । यस अघि उहाँ एकेडेमीको उपाध्यक्ष हुनुहुन्थ्यो । स्थापना दिवसकाे अवसरमा अध्यक्ष ओलीले खेलकुदलाई सबै उमेर समुहका नागरिकको दिनचर्या बनाउनुपर्ने बताउनुभयो । खेलकुदलाई शिक्षाका रुपमा समेत बिकास गर्नुपर्ने उल्लेख गर्दै उहाँले सबै शिक्षण संस्थाहरुमा एकेडेमीका अभियान विस्तार गर्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले ईमान्दारिता सफलताको रहस्य भएको चर्चा गर्दै आफ्नो अभियानमा सकृयता साथ लाग्न र सफलता हासिल गर्न एकेडेमी नेतृत्वलाई शुभकामना दिनुभयो । एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिसदका सदस्य सचिब रमेश सिलवाल,नयाँ नेतृत्व सम्हालेका आचार्य लगायतले बोल्नु भएको थियो । संयोजक आचार्यका अनुसार नयाँ समितिले एक महिना भित्र राष्ट्रिय भेला आयोजना गरी नयाँ कार्यक्रमको तालीका सार्वजनिक गर्ने समेत बताउनुभयो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीमा वुटवलका ध्रुव अाचार्य
२०७८ पुष १८ गते आइतवार प्रकाशित
प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
-
श्रमिक पार्टीका चार जिल्लाले एकैचोटि भने : “प्रकृति बिनाशले विपत्ति निम्त्यायाे !”
-
हाम्रा सबैखाले साझा दुश्मनहरु सित लड्नु ऐतिहासिक कार्यभार हाे : युवा नेता गैरे
-
अक्सफोर्ड र हाेराईजन बाेडिङ्गहरुमा अनेरास्ववियु(क्रान्तिकारी) ले टाँग्याे कालाेब्यानर
-
देशै कै नमुना मानव कालिका मानवज्ञान मावि, बुटवलमा विद्यार्थीले बुझाए ज्ञापनपत्र
-
बुटवल उमनपा सहित तीन ठाउँमा अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र
धेरै पढिएको