MCC सम्झौता राष्ट्रघाति भएको ठहर गर्दै २२ दलले भाेलि १८ गते १२ बजे माईतिघर मण्डला काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । MCC सम्झौता नेपाल सरकारका वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले कार्यसुचि नै बनाएर संसदमा पेस गर्दै छन् । २२ दलले MCC सम्झौताका बुँदाहरु नेपालकाे संविधान विपरीत भएको बताएको छ । उक्त बुँदाहरुले नेपालमा अमेरिकी समान्तर सत्ता चल्न सक्ने सम्भावना रहेको हुँदा याे राष्ट्रघाति भएको ठहर गरेको छ । तसर्थ हामीले याे सम्झौता खारेज नहुँदासम्म अनवरत संघर्ष र अान्दोलन गरिरहने बताएका छन् । हिजो नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी सहित २२ दलले एक विज्ञप्ति जारी गरि प्रदर्शनकाे कार्यक्रम घाेषणा गरेको हाे । भाेलि १८ गते १२:०० बजे माईति घर मण्डलामा हुने विरोध प्रदर्शन कार्यक्रममा सहभागी हुन समेत सबैलाई अपिल गरेको छ । जारी गरेको सम्झौता जस्ताको त्यस्तै
MCC सम्झौता बिरुद्ध माईतिघर मण्डलामा २२ दलको संयुक्त प्रदर्शन हुने
२०७८ पुष १७ गते शनिवार प्रकाशित
प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
-
श्रमिक पार्टीका चार जिल्लाले एकैचोटि भने : “प्रकृति बिनाशले विपत्ति निम्त्यायाे !”
-
हाम्रा सबैखाले साझा दुश्मनहरु सित लड्नु ऐतिहासिक कार्यभार हाे : युवा नेता गैरे
-
अक्सफोर्ड र हाेराईजन बाेडिङ्गहरुमा अनेरास्ववियु(क्रान्तिकारी) ले टाँग्याे कालाेब्यानर
-
देशै कै नमुना मानव कालिका मानवज्ञान मावि, बुटवलमा विद्यार्थीले बुझाए ज्ञापनपत्र
-
बुटवल उमनपा सहित तीन ठाउँमा अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र
धेरै पढिएको