
नेपालको राजनैतिक आन्दोलनमा विद्यार्थी आन्दोलन निकै महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । राणा शासन विरुद्ध , पन्चायतविरुद्ध , ३६ सालको जनमतसंग्रह , ४६ पछिको बहुदल , ऐतिहासिक गौरवपुर्ण महान जनयुद्ध र त्यस्को बलमा सप्पन्न भएको १९ दिने जनआन्दोलनमा युवा विद्यार्थीको सशक्त भुमिका मात्रै रहेन महान जनयुद्दको क्रममा १४ बर्षिय दिल बहादुर रम्तेल प्रथम सहिद बन्न पुगे भने हजारौं बिद्यार्थीले गौरबपुर्ण बलिदान गरे। पछिल्लो समय सम्म आइपुग्दा नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद स्थापनाको निम्ति भएको जनसंघर्शमा पनि विद्यार्थी नेता प्रज्वल शाहीको गौरवपुर्ण बलिदानले नेपालको अग्रगामी परिवर्तन , राष्ट्रिय स्वाधीनता ,दलाल पुजीवादी संसदीय ब्यबस्थाको खारेजीका निम्ति युवा विद्यार्थी जस्तोसुकै संघर्षका निमित्त तयारी रहेको स्पष्ट देखिन्छ ।
बिद्यार्थी जागरण अभियानको राजनैतिक महत्त्व
हाम्रो महान तथा जनपृय संगठन अखिल (क्रान्तिकारी )
ले देशैभरी विद्यार्थी जागरण अभियान संचालन गरेको छ । पछिल्लो समय समकालीन विद्यार्थी संगठन र आन्दोलन सुस्ताएको र सिमित ब्याक्तीको स्वार्थका कारण बदनामित भएको विद्यार्थी आन्दोलन लाई फरक ठाउँ र नयाँ उचाइमा पुर्याउनका लागि यो विद्यार्थी जागरण अभियान कोषे ढुङ्गा बन्नेछ । पद र पैसाको प्रलोभनमा परि मन्त्री को स्वकीय सचीव बन्नका लागि भर्र्याङ्का रूपमा प्रयोग भएको र एकाध , शैक्षिक माफियाको स्वार्थका लागि बालुवाटार र सिंहदरबार वरिपरि सिमित विद्यार्थी आन्दोलन लाई धोस्तपारी बैज्ञानिक समाजवादी शिक्षाको
व्यापक बहस र प्रचार प्रसारमा समेत यो अभियान निकै महत्त्वपूर्ण रहनेछ । यस्तै Ncell को करछलि काण्ड , MCC , टेलिकमको 4G काण्ड , वाइड्बडी काण्ड , ३३ किलो सुन काण्ड , निमर्ला पन्तको बलात्कार पछि हत्या , भारतीय साम्राज्यवाद बाट भएको सिमा हस्तक्षेप लगायत रास्ट्रघाती सन्धि सम्झौता, भ्रष्टाचार ,अनियमितताको समेत व्यापक भण्डाफोर यो अभियानले गर्नेछ ।
२१औं सताब्दी भनियतापनी हाम्रो समाज अझैसम्म पनि सामन्तवादी , दलाल पुजीवादी निम्न चिन्तन वा चेतना बाट पुर्णतया मुक्त भएको पाइदैन । स्कुल , क्याम्पसमा जाने हो भने विद्यार्थीको काम झोला बोकेर घोगन्ते शिक्षा आर्जन गर्नु बाहेक अरु हैन भन्ने खालको पाइन्छ ।अझै संसदवादी दल र यो व्यवस्थाको खराब हर्कतले आम युवा विद्यार्थी राजनीति बाट पुर्ण रूपमा टाढिन , पन्छिन खोजेको मात्रै छैन युवा विद्यार्थीमा राजनीति प्रति बितिस्णा पैदा गरेको छ । दलाल पुजीवादी , प्रतिक्रियावादी संसदीय व्यवस्थाका कारण हुँदा खाने बर्ग राजनीति बाट पुर्णरूपमा अलग्गियको छ भने हुने खाने बर्गले राजनीतिलाई कमाउने साधनको रूपमा प्रयोग गरेको छ । यसको सोझै प्रभाव आम युवा विद्यार्थीमा पनि परेको छ ।आज देशको शिक्षा प्रणाली लाई हेर्ने हो भने दुई थरीको पाइन्छ । एउटा हुँदा खाने बर्गले पड्ने शिक्षा र अर्को हुनेखाने बर्गले पड्ने । सरकारले शिक्षा लाई पुर्णतः सरकारि गर्नुको साटो कर को दर र दायरा बढाउदै ब्यापारिकरण गर्दै नाफा कमाउने तर्फ गैरहेको छ भने अर्कोतर्फ शिक्षा क्षेत्रमा राज्यको लगानीको दर घट्दो छ । बदलिँदो परिस्थितिमा समयानुकूल बैज्ञानिक र प्रबिधि मैत्री शिक्षा नहुदा आज लाखौंको संख्यामा(युवा , विद्यार्थी ) प्रतिभा र अर्बौं पुजि बाहिरिएको छ । रोजगारीको अवसर झनै डरलाग्दो तरिकाले खस्किदै गएको छ । राज्यसत्ताको यहीँ चरीत्र र दलाल पुजीवादी शिक्षा प्रणालीले आम जनताको हित एवम् स्वार्थमा नभई पुजीवादी दलाल हरुको सेवा गर्ने नोकर निर्माण गर्नु बाहेक अरु केही देखिन्न । तसर्थ यो विद्यार्थी जागरण अभियान ले दलाल संसदीय व्यवस्थाका विरुद्ध बैज्ञानिक समाजवाद , दलाल पुजीवादी शिक्षा प्रणाली विरुद्ध बैज्ञानिक समाजवादी शिक्षा को बहस प्रत्येक कक्षा कोठामा गर्ने छ साथै सबैखाले बिकृती ,बिसंगती , जनतन्त्र , जनजिविका , शिक्षा , स्वास्थ , राष्ट्रियता लगायतको बिषयमा लाखौं लाख युवा विद्यार्थी लाई गोलबद्द गर्न यो अभियान भब्य रूपमा सफल हुनेछ ।
विद्यार्थी जागरण अभियानको सांगठनिक महत्त्व
जुनसुकै , पार्टी ,आन्दोलन लाई नयाँ उचाइमा पुर्याउन संगठनको निकै महत्त्वपूर्ण भुमिका रहन्छ । यो अभियान देशैभरीका सबैजसो शैक्षिक संस्थामा कक्षा कमिटी सम्मको संगठन निर्माण गर्ने छ भने संगठित विद्यार्थी लाई रास्ट्रघात,जनघात, दलाल संसदीय पुजीवादी व्यवस्थार पुजीवादी शिक्षा प्रणाली विरुद्ध बृहत् विद्यार्थी आन्दोलनको सफल तयारी पनि गर्नेछ । अन्त: यो अभियानले राजनैतिक , सांस्कृतिक , आर्थिक र सामाजिक रूपमा छरिएर रहेका लाखौं युवा विद्यार्थीलाई अखिल ( क्रान्तिकारी ) को कलम तारा अंकित रातो झन्डा मुनि गोलबद्द गर्नेछ ।