
एभरग्रीन एकेडेमी बोर्डिङ त्रियुगा नगरपालिका-३ माेतिगडा गाईघाट उदयपुरमा नेपाली पढाउने एक शिक्षिकाले विद्यार्थीलाई अाक्रमण गरि सक्त घाइते बनाएकि छिन् । उक्त बिद्यालयकाे युकेजिमा अध्ययनरत ६ बर्षिय प्रिजन सुनुवार सक्त घाइते भएका छन् । उनलाई मिति २०७८ पुस १२ गते दिउँसो १२ बजे शिक्षिकाले अनुहार लगायत शरिरका विभिन्न भागमा कुटपिट गरेकाे रहस्य खुलेको छ । कुटपिट पछि घाइते भएका प्रिजन सुनारलाई जिल्ला अस्पताल उदयपुरमा उपचार गरिएको थियोे । त्यहाँ उपचार हुन नसके पछि अस्पतालले रिफर गरेको थियो । रिफर लगत्तै नर्सिङ अस्पताल बिराटनगरमा भर्ना गरि अहिले उपचार भईरहेकाे छ । उपचारमा संलग्न डाक्टरहरुकाे भनाई अनुसार बिद्यार्थी नाबालकलाई मानसिक समस्या भएको जानकारी दिएका छन् । कुटपिट भए लगत्तै विद्यार्थी नाबालकले बान्ता गरि बेहाेस भएका थिए । उक्त घटना लगत्तै विद्यालय स्वयम् ले उदयपुर जिल्ला अस्पताल लगेको थियो । त्यहाँ उपचार हुन नसके पछि विद्यार्थी नाबालकलाई रिफर गरिएको थियोे ।
यस घटनाका सम्बन्धमा प्रधानाध्यापक लक्ष्या जंग ठकुरीलाई बुझ्न खाेज्दा “मलाई उक्त शिक्षिका थाहा छैन् नाम के हाे थाहा छैन् यस घटनाको जिम्मेवारी म लिन्छु म व्यहाेर्छु” भनेर उल्टो अभिभावक र अाफन्तहरुलाई थर्काउने गरेका छन् ।