१८ करोड लागतमा पाल्पाकाे झडेवामा १५ शैयाको अस्पताल बन्ने

१८ करोडको लागतमा पाल्पाको माथागढी गाउँ पालिका झडेवामा १५ शैयाको अस्पताल निर्माण बन्ने भएको छ । गाउँपालिकाकाे वडा नं. ४ झडेवामा बन्ने भएको हाे ।अस्पताल निर्माण कार्यको लागि माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापासँगै इन्जिनियर धमेन्द्र यादव लगायतले निर्माण स्थल ठाउँ निरिक्षण गरेका थिए । अस्पताल निर्माण भए पछि माथागढी गाउँपालिकाको झडेवा, हात्तिलुङ्ग, गोठादी, रहवास, बहादुरपुर लगायतका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुने छन् । उक्त अस्पताल निर्माणको सुरुवात कार्य भइरहेको जानकारी गाउँपालिकाका इन्जिनियर धमेन्द्र यादवले बताउनुभयो । उक्त अस्पताल निर्माण कार्य प्रदेश सरकार र स्थानीय सरकारको १८ करोडको संयुक्त लागतमा १८ शैया सहितको बन्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सन्ताेष कुमार थापा मगरले माथागढी गाउँपालिकाले पालिकाका नागरिकहरूकाे उपचारकाे सेवालाई मध्ये नजर गरि अस्पताल सञ्चालनकाे अवधारणा अगाडि ल्याईएकाे बताए । नागरिकहरूकाे सेवालाई मध्ये नजर गर्दै पालिकाकाे केन्द्र झडेवामा १५ सैयाकाे अस्पतालमा निर्माण गर्न लागेको उनलेे बताए । गाउँपालिकाले पालिका र लुम्बिनी प्रदेश सरकारकाे संयुक्त लगानीमा अस्पताल निर्माण गरिने र पालिकाका ८ वटै वडाका नागरिकहरूलाई सुविधा पुर्याउने गरि अस्पतालकाे सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।

यदि उक्त अस्पताल समय सिमा भित्र निर्माण सम्पन्न भई संचालनमा अाए माथागढी गाउँपालिकाकाे ८ वटै वडाका नागरिकहरू विरामी भएको परिस्थितिमा जिल्लाकाे सदरमुकाम स्थित मिसन अस्पताल,लुम्बिनी मेडिकल कलेजमा जानू पर्ने बाध्यताकाे अन्त्य हुनेछ ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस