
प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी(माअाेवादि केन्द्र)काे अाठाैं महाधिवेशन काठमाडौंमा भईरहदा देशैभरिबाट उक्त पार्टीमा अाबद्द सभामुख अग्नि सापकोटाका पुर्व अंगरक्षक सहित सयौं नेताकार्यकर्ताहरुले विद्रोह गरेका छन् । विद्रोह गर्ने सापकोटाका पुर्व अंगरक्षक सहित सयौं नेता कार्यकर्ताहरु विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । हिजो पुस ११ गते काठमाडौंमा प्रचण्डले महाधिवेशन उद्घाटन समारोह गरिरहदा यता भने विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीमा नेपाल कम्युनिस्ट पार्टी(माअाेवादि केन्द्र)बाट प्रवेश गर्नेकाे लर्काे देशै भरि चलेको थियो,अहिलेसम्म चलिरहेको छ । कास्कीमा युवा संगठन नेपालकाे १२९ अाैं माअाे दिवसको अवसर पारि गरिएको युवा अभियान उद्घाटनमा तत्कालीन जनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा वर्तमान सभामुख अग्नि सापकोटाका पुर्व अंगरक्षक तथा माअाेवादि केन्द्रका नेता मान बहादुर तामाङ सहित १५ जनाले विद्रोह गरि नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माअाेवादि केन्द्र) ले राजनीतिक,वैचारिक एवम् साँगठनिक रुपमा पतन भएको कारण अाँफुहरुले प्रचण्डबाट अब देशको निकास र विकास नदेखेको कारणले विद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताए । युवा संगठन नेपाल कास्कीको अभियान उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन जनयुद्धको क्रममा गाेर्खा जेल बेक्ररका कमान्डर तथा कार्यक्रमका प्रमुख अतिथि उमा भुलेजले अविर,खाँदा र अभियानकाे ड्रेस लगाएर प्रवेश गराउनु भएको थियोे । उमा भुजेलले उद्घाटन तथा पार्टी प्रवेश गराउदै अभियान कै दिन ध्रुवीकरण भई लामबद्द युवाहरू अब सबै खाले संशोधनवादका विरुद्ध डटेर अगाडि बढ्दै जनताको सेवामा सर्मपित व्यवस्था वैज्ञानिक समाजवाद ल्याउन अनवरत लाग्न समेत निर्देशन गर्नु भएको थियो । उहाँले संसदीय व्यवस्था निकम्मा भएकोले अब यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हुने बताउनुभयो । यसको लागि हाम्रो पार्टीले एकीकृत जनक्रान्ति चलाईरहेकाेे समेत बताउनुभयो । यस्तै दाेलखामा माअाेवादि केन्द्र कै पूर्व नेवा राज्य कमिटी सदस्य सुरज थोकरको नेतृत्वमा ७ जना विद्रोह गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उदयपुरकाे गाईघाटमा युवा संगठन,नेपालकाे पुर्व केन्द्रित अभियान उद्घाटनमा प्रमुख अतिथि सन्तोष बुढा मगरले १८ जना,दाङमा अायाेजित माअाे दिवसकाे अवसरमा अायाेजित कार्यक्रमका प्रमुख अतिथि शितलले ५ जनालाई पार्टी प्रवेश गराउनु भएको छ । यस्तै कंचनपुर,अछाम,कपिलवस्तु,कैलालि,चितवन लगायतका देशै भरि संचालन भएको १२९ अाैं माअाे दिवसको अवसरमा माअाेवादि केन्द्रबाट विद्रोह गरि सयौं नेताकार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् । प्रचण्डले काठमाडौंमा महाधिवेशन गरिरहदा उक्त पार्टीबाट विद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरिनु अर्थपूर्ण रहेको बताईएकाे छ ।