युवा संगठन नेपालकाे पुर्व केन्द्रित युवा अभियान उद्दघाटन सम्पन्न(फाेटाे फिचर)

पुस ११ गते,उदयपुर
नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालकाे
जनमत संग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान भन्ने मुल नारा सहित पुर्वी कमाण्डकाे युवा अभियान उदयपुरको सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ । १२९ अाैं माअाे दिवस पारेर गरिएको उद्दघाटनकाे पुर्व सन्ध्यामा उपस्थित युवाहरुले राेलकाल गरेका थिए । राेलकाल सकिए लगत्तै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर,केन्द्रीय सदस्यहरु कृति,अाेम प्रकाश पुन,विवेक कुमाल,सुमन सिंह लगायतको साथमा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलिकाे नेतृत्वमा पदाधिकारी एवम् केन्द्रीयहरु र अभियान यात्रिहरु सरकारि कार्यलयहरु एवम् बजार सरसफाइ गरेका थिए । साथै कार्यक्रम शुरु हुनु अगावै युवा संगठन नेपालको विभिन्न नारा जूलूस सहित बजार परिक्रमा गरि गाईघाटको ग्रिन क्रस होटेलमा उदघाटन भएको थियो । कार्यक्रमको उदघाट्न प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर र नेकपा केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका फ्याक्सन ईन्चार्ज कृतिले दिप प्रज्वलन,पकेटा पड्काएर अभियान टाेलिलाई झण्डा दिएर उद्दघाटन गर्नु भएको थियो । यस्तै अभियान उद्दघाटनमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु अाेम प्रकाश पुन,विवेक कुमाल,दिपेश राई,निर्मल राई,सुमन सिह पौडेल लगायतको उपस्थिति रहेको थियोे ।

प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य सन्तोष बुढा मगरले अन्तर्राष्ट्रियकरण – समाजवादलाई राेक्ने नितिमा पुँजिवाद र सामन्तवाद ल्याएको संसदीय व्यवस्था हाे तसर्थ यसलाई परास्त पार्न निरन्तर अभियान सहित माक्र्सवाद,लेनिनवाद र माअाेवाद अात्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । अाज हामी माअाे दिवसको दिन अभियान उद्दघाटन गर्दैछम् यसको मर्मलाई नेपाली धर्तिमा लागु गर्न युवा अभियान महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले युवाहरुलाई संगठन सुदृढीकरण,रसियन मोडेल चाईनिज मोडेलरगरिबी अशिक्षा,बेरोजगारिको बिसयमा र अबको पार्टिको कार्यनीतिको बारेमा प्रशिक्षण दिनु भएको थियोे ।
यस्तै अतिथिहरुले क्रमश भनाई राख्दै युवा संगठन नेपालका आयोजक टिमलाई शुभकामना दिदै यो कार्यक्रम अभियानले पुर्बको हरेक गाउँ बस्तिहरुमा रहेका अन्याय र उत्पिडनका विरुद्ध बोल्न नसकेकाहरुको आवाजलाई बुलन्द गर्दै आफ्नो पार्टीको बिचारहरु जनता माझमा पुर्याएर यहाँ रहेका दलाल भ्रष्टाचारहरुले जगडिएको पुर्बको भूगोलहरुमा अभियानले सफलता हासिल गर्न सकोस् भन्ने मन्तव्य राख्नु भएको थियो ।

  1. यस्तै अध्यक्ष पाटन जंगलिले केन्द्रीय निर्देशिका पढेर सुनाउदै अभियानले गर्ने काम र कर्तव्यको बारेमा राख्नु भएको थियोे । यस्तै अभियान टाेलि टिम तीन समुहमा विभाजन गरिएकाे छ,कार्य बिभाजनमा मेची कोशीकाे कमान्डर संगठनकि केन्द्रीय महासचिव बिदुशी,सगरमाथा सिराहा सप्तरीकाे कमान्डर संगठन केन्द्रीय सचिव तिलकलाई ताेकिएको छ । यस्तै उक्त उद्घाटन कार्यक्रम मै माअाेवादि केन्द्र सहित विभिन्न दलबाट १५ जना उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

उद्दघाटनमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलिको अध्यक्षतामा र स्वागत मन्तव्य संगठनकि महासचिव बिदुशी र संगठनको उपाध्यक्ष दिनेशले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन तिलकले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस