
नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालकाे पुर्वी कमाण्ड अभियान अाजबाट अाैपचारिक रुपमा शुरु हुने भएको छ । पुर्वकाे उदयपुर जिल्लामा अाज अाैपचारिक रुपमा उद्घाटन गरि सुरु हुने बताईएकाे छ । उक्त अभियानलाई उद्दघाटन गर्न अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका युवा फ्याक्सन ईन्चार्ज भिम,अाेम प्रकाश पुन,विवेक कुमाल,सुमन सिंह लगायतका नेताहरू पुग्नु भएको छ भने अभियान उद्दघाटन गर्न नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर अाउनु हुने भएको छ । यस्तै युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलि सहित पदाधिकारी टाेलि एवम् केन्द्रीय समितिका युवा नेताहरू सहभागी हुनु भएको छ । उक्त अभियान उद्दघाटनकाे पुर्वसन्ध्यामा उपस्थिति युवा अभियान यात्रिहरुलाई अध्यक्ष पाटन जंगलिले राेलकाल सम्पन्न गराउनु भएको छ । राेलकाल गराउदै अध्यक्ष पाटन जंगलिले भन्नुभयाे “अाज माअाे दिवस पनि जसरी चिनलाई मुक्त गरेर विश्व सर्वहारा वर्गको मुक्ति मार्ग काेर्नु भयो त्यसै गरि नेपाललाई मुक्त बनाउन हामी अादणिय महासचिव विप्लवकाे नेतृत्वमा एकीकृत जनक्रान्तिकाे महान् अभियान छाैं तसर्थ यसको पुर्व सन्ध्यामा हामीले उदयपुर जिल्लाकाे गाईघाट बजारमा अहिले सरसफाइ गर्ने छाैं र याे सकिए पछि माअाे दिवस मनाउँदै केन्द्रीय समितिकाे निर्यण अनुसार पुर्वी कमान्डमा हामीले अभियान चलाउने छाैं” अाज अाैपचारिक रुपमा अभियान उद्दघाटन हुनेछ । उक्त राेलकाल सम्पन्न सकिए लगत्तै उदयपुर गाईघाट बजारमा सरसफाइ चलिरहेको युवा संगठन नेपाल का केन्द्रीय काेषाध्यक्ष विश्लेषणले बताउनुभयो ।