नेपाल कम्युनिस्ट पार्टीको कार्यालय स्थापना भएको छ

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अाेखलढुङ्गाकाे सम्पर्क कार्यलय स्थापना भएको छ । सदरमुकाम ओखलढुंगामा स्थापना गरिएको जिल्ला ईन्चार्ज विवेक कुमालले जानकारी दिनु भयो । जनताको सेवाका निमित्त अाँफुहरुले उक्त कार्यलय खाेलेकाे समेत बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लगाए पछि अस्थायी रुपमा चलिरहेका कार्यलयहरु विस्थापित भएका थिए । नेपाल कम्युनिस्ट पार्टीले गत बर्ष फागुनमा सरकार संग तिनबुँदे गरेपछि ती अस्थायी एवम् स्थायी कार्यलयहरु देशै भरि पुनः स्थापना गरिरहेकाे छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय निर्यण अनुसार अब स्थायी रुपमै केन्द्र,क्षेत्र,जिल्ला र पाँलिकाहरुमा समेत कार्यलयहरु निर्माण गरि निशुल्क रुपमा जनताको सेवामा सर्मपित हुन निर्देशन गरेको थियो । शुल्क लिएर तथा बार्गेनिङ गरेर मुद्दा मामिला मिलाई कमिसन खाने,बदनाम गर्ने तथा भ्रष्टाचार गर्ने केन्द्रीय नेता देखि पार्टी सदस्य सम्मलाई कार्वाही समेत उक्त पार्टीले गर्दै अाएकाे छ । पार्टीको जनवादका अाधारमा कार्यलयमा रहि जनताको सेवा गर्न नसक्ने,रुपान्तरण हुन नसक्ने कार्वाहीमा परेका र व्यक्तिगत एवम् नितान्त निजि स्वार्थमा तल्लीन केही कार्वाहीमा परेका व्यक्तिहरुले विभिन्न स्वार्थ र भ्रम फिजाएर चलाईएकाे प्रपाेकाण्डालाई चिर्न र प्रत्यक्ष जनतालाई बुझाउन समेत कार्यलय खाेलिएकाे नेकपा नेताहरू बताउने गरेका छन् । अाँफुहरु जनताको सेवक भई हिडेका हजारौं नियमित नेता र कार्यकर्ताकाे पार्टीकाे नीति र निर्देशन अनुसार कार्यलयमा रहि काम गर्नका निमित्त पनि अनिवार्य कार्यलय अावश्यकता रहेको समेत बताएका छन् । यसै शिलशिलामा कपिलवस्तुमा केन्द्रीय कार्यलय तथा जनकम्युन एवम् कम्युनिस्ट माअाेवादि जनयुद्ध संग्रहालय,ललितपुरमा केन्द्रीय सम्पर्क कार्यलय निर्माण भईरहेका छन् ।

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस