मानसिक यातनाका कारणका १४ बर्षिय बिद्यार्थीले गरिन् अात्महत्या

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) जिल्ला समिति ओखलढुंगाले  अाेखढुङ्गा चम्पादेवि -३ स्थित बालज्योति माध्यामिक विधालयमा अध्ययनरत विधार्थी बिमला बोगटिलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै कार्वाहीको माग गरेको छ । क्रान्तिकारीले विधालय व्यवस्थापन समितिका अध्यक्षले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै कार्वाहीको माग गरेको हो ।

क्रान्तिकारीकि ओखलढुंगाका अध्यक्ष गोमा धमलाको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “बालज्योती मावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले विद्यार्थीलाई ढिलो आएको भनि स्कुलमा प्रवेश गर्न नदिइ नाम टिपेर ढिला आएको भनि स्कुलबाट निष्कासन गर्ने सम्मको धम्की दिइ विद्यार्थीलाई घर फर्काइ दिएर मानसिक यातना दिएको कारण कक्षा ८ मा पढ्ने १४ बर्षिय बिमल बोगटीले आत्महत्या गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ विद्यार्थी बोगटीलाई “आत्महत्या दुरुत्साहन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीलाई यथासिग्र कार्वाहीको माग गर्दै अन्यथा घटनालाई ढाकछोप गरि दोसिलाई कार्वाही नगरेको खण्डमा चरणबद्द आन्दोलनमा चेतावनी दिएको छ ।”
विज्ञप्ति जस्ताको त्यस्तै तल
“अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति,अाेखलढुङ्गा
प्रेस-बिज्ञप्ति
नेपाली विद्यार्थी आन्दोलनको नेतृत्व सङ्गठन हाम्रो गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) आम विद्यार्थी बर्गको हक हित अधिकार प्राप्तिको लागि आशा, भरोशा र बिश्वासको केन्द्रबिन्दु रहदै अनवरत आन्दोलन र संघर्षमा डटिरहेको सर्वविदिदै छ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३, चित्रे स्थित बालज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले विद्यार्थीलाई ढिलो आयको भनी स्कुलमा प्रवेश गर्न नदिइ नाम टिपेर ढिला आएको भनि स्कुलबाट निष्कासन गर्ने सम्मको धम्की दिइ विद्यार्थीलाई घर फर्काइ दिएर मानसिक यातना दिएको कारण कक्षा ८ की १४ वर्षीया विमला बोगटीले आत्महत्या गरेकिछिन् ।यस घटना प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

आत्महत्या दुरुत्साहन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीलाई हाम्रो संगठन यथासिघ्र कार्वाहीको माग गर्दछ । अन्यथा घटनालाई ढाकछोप गरि दोसिलाई कार्वाही नगरेकाे खण्डमा हाम्रो संगठन चरणबद्द आन्दोलनमा जानेछ अन्यथा भइपरि आउने घटनाको सम्पुर्ण जिम्मेवारी सम्बन्धित निकाय हुनुपर्ने यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौं
मिति २०७८ पुष ८
गोमा धमला
संयोजक
अनेरास्ववियु(क्रान्तिकारी),जिल्ला समिति ओखलढुंगा”

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस