महाकाली सन्धिबाट केपिलाई ४० करोड मासिक कमिसन अाउछ : पाण्डेय

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पाल्पा जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय “कमल”ले महाकाली सन्धि गरेवापत महिनामा ४० करोड कमिसन अाउने गरेको खुलासा गरेका छन् । अाज पाल्पाको तानसेनमा एक कार्यक्रममा पत्रकारहरु संगकाे संक्षिप्त भेटघाट कार्यक्रममा यस्तो खुलासा गरेका हुन् । उनलेे भने उक्त पैसा मदन भण्डारी फाउन्डेसन मार्फत अाउने गरेको बताए । उक्त फाउन्डेसनका निर्देशक केपि अाेलि हुन् । फाउन्डेसनमा केपी अाेलि गुट चिनिएकोलाई मात्रै सदस्यता दिईन्छ यसको परिचालन महेश बस्नेत गर्ने गर्छन् । उनलेे थपे कमिसन केपि गुटका अाठ दस जनालाई मात्रै थाहा छ एकदमै विस्वासीला पात्रहरु मात्रै छनाेट गरि फाउन्डेसन राख्ने गरिन्छ ।

महाकाली सन्धि २०५२ माघ २९ गते राजाले स्थापना गरि दिएको क्याविनेटका तत्कालीन तथा हालका प्रधानमन्त्री शेर बहादुर देउवाको प्रस्तावमा नेकपा (एमाले)का नेता केपि शर्मा अाेलिकाे बलियो सर्मथनमा पास भएको थियो । दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि ०५३ साल असोज ४ गते संसदले दुई तिहाइ बहुमतका आधारमा पारित गरेकाे थियोे । एमालेभित्रैको एउटा ठूलो समूहले महाकाली सन्धिको विरोध गरेको थियो । यही मुद्दाका आधारमा एमालेभित्र चुलिएको अन्तरविरोध छैटौं महाधिवेशनलगत्तै ०५४ फागुन २१ गते पार्टी विभाजनमा गएर टुङ्गिएकाे थियो । अहिले MCC कै कारणले एमाले विभाजन भएको त हाेईन् भन्ने अाशंका गर्न थालिएको छ ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस