अाजबाट देशभर चिसो बढ्यो

अाजबाट देशभर चिसो बढेको छ । देशकाे पश्चिमी वायुको आंशिक प्रभाव बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु/कुहिरो बढी रहेको छ । तराईका भू-भागहरूमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रम रहेको छ । अाजकाे काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ । देशका केही उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हिमपात,हुस्सु,कुहिराे बढ्दै जाने सम्भावना रहेको हुँदा सचेत रहन समेत अाग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस