पाल्पा सहित ५३ जिल्लामा MCC सम्झौता विरुद्ध विरोध प्रदर्शन(तस्बिर सहित नामावली)

MCC सम्झौता नेपाल र नेपालीका निम्ति घातक रहेको भन्दै पाल्पा सहित ५३ जिल्लामा विरोध प्रदर्शन भएको छ ।
नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा अाठ दल सहित संयुक्त संघर्ष समिति नै निर्माण गरि देशै भरि अाज विरोध,प्रदर्शन,,र्यालि,जुलुस र सभाहरु गरेको छ । पाल्पाको तानसेनमा जिल्ला प्रशासन अगाडि चार दलले संयुक्त रुपमा प्रदर्शन गरेको छ । प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी,राष्ट्रिय जनमाेर्चा,नेपाल,नेकपा (क्रान्तिकारी माअाेवादि) र नेकपा(माले) का क्रमश मीन बहादुर अाले,लिला श्रेष्ठ लगायतका नेताहरुले सम्बाेधन गरेका थिए ।

यस्तै काठमाडौं,ललितपुर,भक्तपुर,चितवन,पाेखरा कास्की,चितवन,मकवानपुर,वुटवल रुपन्देही,कपिलवस्तु,अर्घाखाँची,पाल्पा,दाङ,नेपालगन्ज बाँके,कैलाली,कंचनपुर,डाेटि,अछाम,जुम्ला,काभ्रे,राैतहट,सप्तरी,सुर्खेत,सुनसरी,सर्लाही,ईलाम,उदयपुर,अाेखलढुङ्गा,राेल्पा,कालिकोट,सल्यान लगायत ५३ जिल्लामा MCC विरुद्ध विरोध प्रदर्शन भएको छ ।

काठमाडौँमा एमसीसी सम्झौता खारेजि माग गर्दै गरिएको प्रदर्शन कार्यक्रममा नेकपासहित नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो । एमसीसी संसद्‌बाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपाका सचिवालय सदस्य धवेन्द्र बास्तोला कन्चन, मालेका महासचिव सिपी मैनाली,वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुती)ले र्यालिको नेतृत्व गर्दै सभामा परिणत गरि सम्बाेधन गरेका थिए । कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य कन्चनले नेपालमा एमसीसी कुनैपनि हालतमा लागु गर्न नहुने बताए । एमसीसी अमेरिकाको शैन्य रणनीति अन्तरगतको बजेटबाट नेपालका लगानी गर्न लागिएका यसलाई विना सर्त फिर्ता पठाउनु पर्ने बताए ।
‘यो योजना अन्तरगत आउन लागिएको रकम अनुदान होइन, यो त अमेरिकाको लगानी हो । जुन इण्डो प्यासिफिक रणनीति अन्तरगतको बजेटबाट खर्च हुन्छ ।’ विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘शैन्य रणनीतिको बजेटले बन्न लागेको परियोजना विशुद्ध सहयोग हो भन्न सकिदैन् । त्यसैले समयमै यसलाई फिर्ता पठायो भने देशको हितमा हुन्छ ।’ उनले अगाडि भने, ‘एमसीसी दलाल संसदीय व्यवस्था भित्रकै एउटा दलालीको रुप हो । जो नेपालमा बसेर अमेरिकाको दलाली गरिरहेका छन् । हामीले एमसीसीको मात्र विरोध गरेर हुँदैन, यो व्यवस्थाकै विरोध गर्न पर्छ र वैज्ञानिक समाजवादको स्थापना लागि संघर्ष गर्न पर्छ ।’

  • यस्तै नेकपाका केन्द्रीय नेताहरु ईलाममा सुमन सिंह,उदयपुर अाेखलढुङ्गामा विवेक कुमाल,मकवानपुरमा नयन,काभ्रेमा अाधार,वुटवल रुपन्देहीमा भेषराज भुसाल,दाङमा शितल लगायतले सम्बाेधन गरेका थिए भने अन्य जिल्लाहरुमा जिल्ला स्तरीय एवम् क्षेत्रीय तथा उक्त पार्टी निकट विभिन्न माेर्चाका नेताहरुले सम्बाेधन गरेका थिए । (तस्बिर : विभिन्न जिल्लामा यस

    सम्बन्धित सामाजिक संन्जालहरुबाट एवम् जिल्ला स्थित पत्रकार साथीहरूकाे सहयोगमा)

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस