MCC सम्झौता विरुद्ध मकवानपुरमा विरोध प्रदर्शन

नेपाली जनता र देशको हित विपरित रहेको भन्दै MCC सम्झौता खारेजिको माग गर्दै मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ । मकवानपुरका विभिन्न क्षेत्रमा रहेका राष्ट्रवादी, प्रगतिशील,क्रान्तिकारी तथा परिवर्तनकारी,सच्चा देशभक्त नागरिकका साथै विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु MCC को विरोध गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शनमा उत्रिएका थिए ।

एमसिसी सम्झौता खारेजीको माग सहितको विविध नाराहरु लगाउँदै हेटौंडाको चारै दिशाबाट आएको र्याली बुद्धचोक हुँदै सिमाचोकमा पुगि कोणसभामा परिणत भएको थियो । देशको निकट भविष्य खलबल्याउने गरि हाम्रो राष्ट्र र राष्ट्रियतालाई धुजाधुजा पार्न गिद्दे आँखा दृष्टिकोणले आएको अमेरिकी परियोजना एमसिसि सम्झौता कुनै पनि हालतमा पारित नगर्न र नगराउन मागसहित संयुक्त संघर्ष समितिकाे मोर्चाले मकवानपुरमा विरोध प्रदर्शन गरिएको हो । उक्त विरोध र्याली तथा प्रदर्शन कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी सहित विभिन्न ६ दल र २ मोर्चाहरुलेले गरेका थिए । विरोध सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले विकासका लागि सहयोगको खोल ओडाइ भित्र्याउन थालिएको एमसिसी सम्झौताको कारण नेपालको सांस्कृतिक,लैंगिक,भौगोलिक लगायतको विविध क्षेत्रमा अमेरिकाको नांगो हस्तक्षेप भइ हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा आँच आउने र भविष्यमा हाम्रो देश एक इजाड लाग्दो अस्तव्यस्त रणमैदानमा परिणत हुने भएकोले यो सम्झौता पूर्ण रूपमा खारेज गरिनुपर्ने बताए । देशको विकास र समृद्धिका लागि राष्ट्रघाती एमसिसीको विकल्प खोज्न सक्ने भएकोले यो सम्झौता अमेरिकी सरकारले तत्काल फिर्ता लैजानुपर्ने र नेपाल सरकारले खारेज गर्नुपर्ने बताए । यदि हामी जनताको माग विपरित सरकारले जबर्जस्त पारित गरि लागू गराउने कुचेष्टा गर्छ र नेपालको सफा र खुला आकाशमा कालो बदाल फिजाउने काम गरिन्छ भने त्यसपछिको दुष्परिणाम ढिलाचाँढो सरकार आफैले व्यहोर्नुपर्ने उनले बताए ।
एमसिसी परियोजना सम्झाैता विरुद्ध नामक आयोजित विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रममा देशको राष्ट्रियता,राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सदैव जीवन्त राखिनुपर्छ भन्दै राष्ट्रवादी,देशभक्त पुलिस प्रशासन,पत्रकार,बुद्धिजीवी,शिक्षक, विद्यार्थी,युवा तथा आम मकवानपुरका नागरिकहरु प्रदर्शनमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस