“दुई-चार थुंगाफुलहरु !”

६०/०९/२०७८
दुई-चार थुंगाफुलहरु झर्दैमा बोट शून्य हुँदैन !क्रान्ती त अघि नै बढ्छ जबसम्म लक्ष्य छुँदैन !!
फुलहरु झारेर सब्बै बोटै भाच्ने लक्ष्य छ तिम्रो !
तिमी जस्तालाई ध्वस्त पार्ने लक्ष्य छ हाम्रो !!

दलालका ठेकेदार हौ तिमीहरु भ्रष्टचारी पनि!
जनता यसैगरी चिन्दछन् तिम्लाइ रास्ट्रघाती भनी!!
सिमानाको निम्ति बोल्दा सरकारले नै गुपचुप पार्दछ!
सर्वहारा समाजवादको कुरा गर्दा आतंककारी भनी मार्दछ!!

ऊई पनि हिजो लडेर आयो ऐ संसदको बिरोधमा!
आज त्यहि मान्छेहरूछन् समाजवादको अबरोधमा!!
कस्तो मोहित गरायो कठै जनतालाई भुलाएर!
जनतालाई मार्न लगायो संसदमा झुलाएर !!

कस्तो निर्लज्ज भयो मित्र र बैरी छुट्याउन सकेनौ!
दलालहरुको मतियार भयौ जनतामा टिकेनौ!!
हिजो तिम्रो टाउकाको मूल्य तोक्नेको रक्षा गर्दैछौ!
आज आफ्नै सहयोध्दालाई मारेर गिलासमा रगत भर्दैछौ!!

सर्बबिदितै छ क्रान्तिकारी लाई मारेर क्रान्ति मर्दैन!
रगतको आहाल तर्दछ क्रान्तिकारी बेदनाको
आँसु झदैन!!
समाजवादको सफलता हुनेछ एकदिन पक्कै पनि!
अनि जनताहरुले लिनेछन् ऋण तिमिसंग गनि

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस