
MCC विरुद्ध विरोध प्रदर्शन कार्यक्रम ओखलढुंगामा सम्पन्न भएको छ l ओखलढुंगामा जिल्ला अदालतबाट सुरु भएको बिरोध र्याली बजार परिक्रमा गर्दै गणेश चोकमा पुगेर सभामा परिणत भएको थियो ।, बिरोध सभालाई सम्बोधन नेकपाका केन्द्रिय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज बिबेकले सम्बोधन गर्दै राष्ट्रघाती MCC कुनै पनि हालतमा जनताको हितमा नरहेको बताए । नेपालमा एमसीसी कुनै पनि हालतमा लागु गर्न नहुने बताउनु भयो । एमसीसी अमेरिकाको शैन्य रणनीति अन्तर्गतको बजेटबाट नेपालमा लगानी गर्न लागिएको र यसलाई विना सर्त नेपालबाट फिर्ता पठाउनु पर्ने उहाँको भनाई थियो यदि mcc कुनै हालतमा संसदबाट पास गराएमा पास गर्ने संसदलाई कुनै पनि हालतमा गाउँमा बस्न नदिने चेतावनी दिदै यो योजना अन्तर्गत आउन लागिएको रकम अनुदान होइन,यो त अमेरिकाको लगानी लगाएर चीनलाई घेर्ने रणनीति भएको बताए ।
यसका विरुद्ध सम्पूर्ण नेपाली जनताहरुले आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्ने रहेको र राष्ट्रियतााको विषयमा सबै राष्ट्रियवादी पार्टीहरु एकजुट भएर लाग्नु पर्ने बताए । विरोध प्रदर्शन कार्यक्रमको संचालन ओखलढुंगाका सेक्रेटरी दिनेश सारुले गरेका थिए र कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरु लगायत विद्यार्थी युवाआम नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।