रास्ट्रघाती mcc परियोजनाको विरुद्धमा ६ राजनीतिक दलको सयुक्त बिरोध प्रदर्शन कार्यक्रम उदयपुरको सदरमुकाम गाईघाटको पिपल चोकबाट सम्पन्न भएको छ । र्याली बजार परिक्रमा गरि विरोध सभामा परिणत भएको थियोे । सभाको संचालन जनगणतान्त्रिक मोर्चाको संयोजक लिल बहादुर बिश्वकर्माले गरेका थिए भने कार्यक्रमको सभा अध्यक्षता नेकपा उदयपुरको जिल्ला सेक्रेटरी लक्ष्मण पौडेयालले गरेका थिए । नेकपा (क्रान्तिकारी माओवादी )का केन्द्रिय सदस्य मोहनसिंह तामाङ,बैज्ञानिक समाजबादीका गोकुल चाम्लिङले mcc को विरुद्धमा बोलेका थिए । त्यसै गरि कार्यक्रमको सभा अध्यक्ष तथा नेकपा उदयपुर जिल्लाका सेक्रेटरी लक्ष्मण पौडेलले एमसिसी सम्झौता कुनै पनि हालतमा पास गर्न नहुने बताए । अमेरिकी उतरसाम्राज्यबादले mcc पारित गर्नुको मुख्य प्रायोजनको बारेमा धारण राख्नु भयाे,नेपालमा एमसिसी पास भएमा नेपालको संविधान माथी अमेरिकी कानुनको नियन्त्रण हुनेछ त्यसै गरि समान्तर सरकारको परियोजनाले काम गर्ने छ । नेपाल सरकारले mcc को जानकारी लिनु परेमा mcc को स्वीकृत लिन्नु पर्ने छ र चिनको तिब्बत घेर्ने सैनिक रणनीति अन्तर्गत आएकाले कुनै पनि हालतमा नेपालमा mcc पास गर्न नदिनको लागि राष्ट्रिय स्वाधीनताको आन्दोलनमा आउन देश भक्त प्रगति शिलशक्तिहरु शिक्षक,बुद्धिजीवी ,विद्यार्थी ,महिला श्रमजीवी जनसमुदायलाई एक्यवद्धता हुन्नको लागि आवाह गर्दै प्रदर्शनकारिहरुले बिरोध कार्यक्रम समापन गरेका थिए ।
MCC सम्झौता विरुद्ध उदयपुरमा विरोध र्यालि सम्पन्न
२०७८ पुष ६ गते मङ्गलवार प्रकाशित
प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
-
श्रमिक पार्टीका चार जिल्लाले एकैचोटि भने : “प्रकृति बिनाशले विपत्ति निम्त्यायाे !”
-
हाम्रा सबैखाले साझा दुश्मनहरु सित लड्नु ऐतिहासिक कार्यभार हाे : युवा नेता गैरे
-
अक्सफोर्ड र हाेराईजन बाेडिङ्गहरुमा अनेरास्ववियु(क्रान्तिकारी) ले टाँग्याे कालाेब्यानर
-
देशै कै नमुना मानव कालिका मानवज्ञान मावि, बुटवलमा विद्यार्थीले बुझाए ज्ञापनपत्र
-
बुटवल उमनपा सहित तीन ठाउँमा अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र
धेरै पढिएको