
नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी सहित अाठ दलको संयुक्त सहकार्यमा अाज देशैभरिका प्रमुख शहरहरुमा MCC सम्झौता विरुद्ध प्रर्दशन गर्ने भएको छ । MCC सम्झौताका बुँदाहरु नेपालकाे संविधानमा माझिने वा हस्तक्षेप गर्ने गरि उल्लेख गरिएको हुँदा निकट भविष्यमा यसले नेपालमा अनिवार्य अमेरिकि हस्तक्षेप बढ्ने भन्दै सर्वत्र बिराेध हुदै अाएको छ । नेपाल कम्युनिस्ट पार्टी सहित विभिन्न दल सहितका अन्य र सामाजिक युवा अभियान्ताहरुले संसदमा उक्त सम्झौता टेबुल गर्न लागेको भन्दै मंसिर २८ गते तीन तिरबाट हजारौंकाे संख्यामा पुगेका प्रदर्शनकारिहरुले संसद घेरेका थिए । संसद घेराउ गर्ने क्रममा थुप्रैलाई प्रहरीले गिर्फतार गर्याे । प्रहरीले लाठीचार्ज गर्दा सयौं घाइते भएका थिए । घाइते हुने मध्ये नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पुर्वमन्त्रि खड्क बहादुर विश्वकर्मा,युवा अभियान्ता हेमराज थापा समेत घाइते भएका थिए । साे भन्दा अघिल्लो दिन अगाडि MCA काे कार्यलय Yak and Yeti Hotel पनि घेराउ गरेका थिए । MCC अन्तर्गतको MCA कार्यलय रहने जिल्ला चितवन,मकवानपुर,नुवाकोट,पाल्पामा लगातार अान्दोलनकारिहरुले ज्ञापनपत्र बुझाउने,धर्ना तथा काेणसभा,गाेष्ठि तथा अन्तर्क्रिया,सडक नाटक एवम् साँस्कृतिक कार्यक्रम गर्दै अाएका छन् । मंसिर २८ गते MCC सम्झौता विरुद्ध बनेकाे संयुक्त संघर्ष समितिले चितवन जिल्ला समेत बन्द अायाेजना गरे । श्रृङखलाबद्द संघर्षका कार्यक्रम अनुसार अाज १२ बजे देशै भरिका प्रमुख शहरहरु काठमाडौं, ललितपुर,भक्तपुर,वुटवल,दाङ,पाेखरा,विराटनगर,झापा,नेपालगन्ज,कैलाली,कंचनपुर,धनगढी,चितवन,विरगंजका मुख्य चाेकहरुमा विरोध तथा प्रदर्शन कार्यक्रम गर्न लागिएको नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ । उक्त पार्टीका एक नेताले भनेको छन् अब जवसम्म नेपालबाट MCC सम्झौता हटदैन् तबसम्म अनवरत संघर्ष भईरहने बताए । तस्बिर फाईल