नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको योजनामा मिति २०७८ मंसिर २८ र २९ गते दाङबाट सुभारम्भ भएको अाधारभुत केन्द्रीय स्कुलिङ्ग उत्साह ढंगले चलिरहेको छ । उक्त अाधारभुत केन्द्रीय स्कुलिङ्ग अभियान अहिले तिनवटा ठाउँमा सम्पन्न हुदैछ । साबिक राप्ती र लुम्बिनी अंचल,भेरि र कर्णाली अंचलकाे संयुक्त स्कुलिङ्ग सम्पन्न भई सकेको छ भने साबिक सेती र महाकालि अंचलमा स्कुलिङ्ग चलिरहेको छ । संयुक्त रुपमा सुभारम्म भएको केन्द्रीय दुई दिने अाधारभुत स्कुलिङ्ग अभियान दाङ्गमा उद्दघाटन अध्यक्ष बन्धु चन्दले संगठनकाे झण्डा फहराएर गर्नु भएको थियोे ।
यस्तै दाङको स्कुलिङ्ग उद्दघाटन समारोहमा नेकपाका केन्द्रीय समिति सदस्य एवम दाङका इन्चार्ज शितल,नेकपा बिशेष कमिटी सदस्य सम्झना,नेकपा दाङका सेक्रेटरी प्रदिप,एकीकृत जनक्रान्तीका सहिद महानका जिवनसंगिनि मालती राणा,अनेमसंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष धिरेन्द्रा,महासचिव राजकुमारी शाही,सचीव उषा,नेकपा दाङका कार्यालय सदस्य निर्मल,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त अाेलिको आतिथ्य रहेको थियो ।
उक्त उद्दघाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सदस्य सम्झनाले नेपालका थुप्रै न्यायपुर्ण आन्दोलनमा नेपाली महिलाहरुले त्याग,समर्पण र बलिदानका उच्च कृतिमान कायम गरेको बताउनुभएको थियो । नेतृ सम्झनाले एकीकृत जनक्रान्तीमा पनि महिलाहरुले एकपटक जनयुद्धमा जस्तै शाहासिक र संघर्षपुर्ण कदम चालेर नेपाली बिभेदकारी समाजको आमूल परिवर्तन गर्न आह्वान गर्नुभएको थियोे । यस्तै शुभकामना मन्तव्य राख्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले प्रशिक्षण ऐतिहासिक र एकीकृत जनक्रान्तीमा महिलाहरुको उत्साहपुर्ण ढंगले आन्दोलनमा जोडिने कुरामा सफल रहने बिश्वास व्यक्त गर्नुभएको थियो । उहाँले प्रशिक्षणले महिलाहरुलाई क्रान्ती बुझाउनुपर्ने र बिभेदका विरुद्ध लड्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
दाङमा उद्दघाटन सम्पन्न भएको कार्यक्रम समारोहमा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य ममताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता अनेमसंघ क्रान्तिकारीका केन्द्रीय समिति सदस्य हेमन्ताले गर्नुभएको हो भने सहजीकरण संगठनका केन्द्रीय सदस्य रेखाले गर्नुभएको थियो ।
यस्तै भेरि र कर्णालीकाे पुस २ र ३ गते सम्पन्न भएको छ । उक्त स्कुलिङ्गमा बिशेष अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउने,सेती र महाकाली पुस ५ र अाज ६ गते चलिरहेको छ । उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा नेकपा कै केन्द्रीय सदस्य अाेम प्रकाश पुन सहभागी हुनु भएको छ भने केन्द्रीय अाधारभुत स्कुलिङ्ग अभियानमा संगठनका केन्द्रीय पदाधिकारीहरु अध्यक्ष बन्धु चन्द,उपाध्यक्ष धिरेन्द्रा उपाध्याय,महासचिव राजकुमारि शाही,सचिव उषा मगरको उपस्थिति रहेको छ । यस्तै स्कुलिङ्गमा १) राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला अान्दोलन बारे अध्यक्ष बन्धु चन्द,२) वैज्ञानिक समाजवाद र महिला मुक्ति बारे उपाध्यक्ष धिरेन्द्रा उपाध्यय,४) संगठन बारे महासचिव राजकुमारि शाही र ५) साँस्कृतिक रुपान्तरण बारे सचिव उषा मगरले विधागत रुपमा दिईरहनु भएको छ ।
उक्त अाधार भुत प्रशिक्षण साबिक अंचलहरुमा दुई दुई दिन देशै भरि चल्ने अायाेजकले बताएको छ । प्रशिक्षणमा महिला आन्दोलनको पृष्ठभुमि,वैज्ञानिक समाजवादमा महिला मुक्ती,पार्टी र महिला बिचको अन्तरसम्बन्ध लगाएतका विषयबस्तुहरुमा संगठनका केन्द्रीय पदाधिकारीहरु र सम्बन्धित कार्यक्षेत्रमा कार्यरत पार्टीका केन्द्रीय समिति सदस्यहरुले प्रशिक्षित गर्ने कार्यक्रम रहेको समेत जानकारी दिईएको छ ।